काठमाडौं । वैदेशिक रोजगारीका लागि साइप्रस पठाइदिने भन्दै रकम ठगि गर्ने एक महिलालाई केन्दि«य अनुसन्धान ब्यूरोको टोलिले आज पक्राउ गरेको छ ।
पाल्पा जिल्ला खानीगाउँ गाउँ विकास समिति वडा नम्बर ८ कि वर्ष ५८ कि टिका कुमारी थापालाई आज महाराजगंजबाट पक्राउ गरिएको ब्यूरोले जानकारी दिएको छ । एक वर्ष अघि नै वैदेशिक रोजगारी ठगि मुद्दामा एक वर्ष छ महिला कैद सजायका साथै एक लाख पचास हजार रुपैंया जरीवान तोकि फैसला भएपनि फरार रहेकि निज थापालाई आज पक्राउ गरिएको हो ।
टिका कुमारी थापाले वैदेशिक रोजगार ब्यबसाय संचालन गर्ने ईजाजत पत्र वेगर नै आकर्षक वैदेशिक रोजगारका लागि साईप्रस पठाईदिने भन्दै रकम ठगी गरेकोमा दोषी ठहर गर्दै उल्लेखित सजायका साथै जाहेरवालालाई विगो र हर्जाना समेत गरी चौध लाख पच्चीस हजार दिलाईरभराई दिने फैसला गरेको थियो ।
फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थापालाई कैद भुक्तानका लागि केन्द्रिय कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाईएको सिआइबिले जानकारी दिएको छ ।
२०७६ असार १५ गते प्रकाशित
वि.सं.२०७६ असार १५ आइतवार १५:१० मा प्रकाशित