back
NMB ad

सगरमाथाका आरोही रोहित श्रेष्ठलाई कोलोराडोमा भब्य सम्मान

Kumari bank ad

कोलोराडो । विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न सफल, कोलोराडो निवासी रोहित श्रेष्ठलाई भब्य सम्मान गरिएको छ । श्रेष्ठले गत मे १६ तारिकका दिन सगरमाथाको सफल आरोहणगरी कोलोराडोमा नेपाल र नेपालीको शिर उच्च राख्न सफल भएको भन्दै यहा सकृय लङमन्ट हिमालयज् लायन्स क्लवको आयोजनामा आईतबार एक समारोहका बिच सम्मान गरिएको हो ।

लङमन्ट स्थित फायरहाउस आर्ट सेन्टरमा सम्पन्न भएको कार्यक्रकमा कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधी, बुिद्धजिवी, व्यवसाही, कलाकार, पत्रकार, समाजसेवी, तथा सर्ब साधारणको बाक्लो उपस्थिती रहेको थियो । यसरी उपस्थित हुने संघ संस्थाका पदाधिकारीहरुमा नेपाली घरका अध्यक्ष लक्षुमण राना, संखुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टर संयोजक श्रीराम लुईटेल, ब्लड डोनर्स अफ अमेरीका माउण्टेन रिजन क्षेत्रीय संयोजक भुषणलाल श्रेष्ठ, नेःवाखलका अध्यक्ष प्रेमकाजी श्रेष्ठ, लायन्सका ६ नर्थ ईष्टका डिष्ट्रिक गर्भनर मिसायल गिल, ग्लोवल मेम्वर सिप चेयर तथा पूर्व डिष्ट्रिक गर्भनर केननोर गिल, पाष्ट ईन्टरनेशनल डिरेक्टर केन सोल, ६ नर्थ ईष्टका द्धितिय उपाध्यक्ष जोशन श्रेष्ठ, ६ नर्थ ईष्टका जोन चेयर पर्शन प्रमोद श्रेष्ठ लायन्स क्याम्प फाउन्डेसन मेम्बर तथा आयोजक संस्थाका अध्यक्ष विकल पराजुली, अरोरा लायन्स क्लवका अध्यक्ष कपिलदेव सुवेदी लगायत अन्य पदाधिकारी र श्रेष्ठका परिवारको उपस्थिती रहेको नातिबाबु भट्टले जानकारी दिए  ।

कार्यक्रममा लायन्सका ६ नर्थ ईष्टका डिष्ट्रिक गर्भनर मिसायल गिल, ग्लोवल मेम्वर सिप चेयर तथा पूर्व डिष्ट्रिक गर्भनर केननोर गिल, पाष्ट ईन्टरनेशनल डिरेक्टर केन सोल, अध्यक्ष विकल पराजुली लगायतका ब्यातिहरुले आरोही श्रेष्ठलाई सम्मान पत्र प्रदानगरी खादा पहिराई सम्मान गरेका थिए । सम्मान पछि श्रेष्ठले सगरमाथा आरोहणगर्दाको अनुभव सुनाउदै, अमेरीकामा नेपालबाट आएको भनेपछि धेरैले सगरमाथा चढेको छस् भनेर प्रश्न सोध्ने गरेकोले, त्यसैबाट आफुलाई एक दिन सफल आरोहण गरेर देखाउने प्रेरणा मिलको बताए । त्यो लक्ष यस बर्ष पुरा गर्न सकेकोमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले कर्मथलोमा यसरी सम्मानीत हून पाउदा ज्यादै खुसी लागेको भन्दै आयोजक संस्था प्रति आभार ब्यक्त गरे । कार्यक्रममा सहभागीहरुले उनीसंग सगरमाथामा भएको प्रदुषण, लाग्ने खर्च, लाग्ने समय लगायतका जिज्ञासा राखेका थिए ।
कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई धन्यवाद दिदै संस्थाका अध्यक्ष विकल पराजुलीले नेपाल र नेपालीको शिर उच्चराख्न सफल रोहितलाई सम्मान गर्न पाउदा खुसीलागेको बताए ।

२०७६ असार १६ गते प्रकाशित

वि.सं.२०७६ असार १६ सोमवार १०:५१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...