back
NMB ad

रजत जयन्ती स्मारिका सिक्का लोकार्पण

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफ्नो स्थापनाको रजत जयन्तीको उपलक्ष्यमा बोर्डको रजत जयन्ती लोगो अंकित हुलाक टिकट तथा रजत जयन्ती स्मारिका सिक्का प्रकाशन गर्ने कार्यक्रम अनुरुप यस अघि हुलाक टिकटको सस्मरणार्थ आवरणमा टाँचा लगाई अनावरण गरि सकिएको छ ।

यसै क्रममा रजत जयन्तीको उपलक्ष्यमा बोर्डको अनुरोधमा नेपाल सरकारको स्वीकृतिमा नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले २९ मि.मि डायमिटरको ८.५ ग्राम तौल भएको कुप्रो निकेल धातुको सय दरको सिक्का निष्काशन गरेको छ । सो सिक्कालाई आइतबार एक कार्यक्रम विच बोर्ड अध्यक्ष डा. रेवत बहादुर कार्कीले लोकार्पण गर्नु भएको छ ।

लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दे नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले कला, पर्यटन तथा राष्ट्रिय महत्वका विविध विषयहरुलाई नेपाल राष्ट्र बैंकले सिक्का प्रकाशन गर्ने प्रचलन रहे बमोजिम धितोपत्र बजार नियमनकारी निकायको रजत जयन्तीको उपलक्ष्यमा यस्तो चादीको सिक्का निष्काशन गरिएको जानकारी गराउदै सो सिक्काको महत्व बारे समेत प्रकाश पार्नु भयो । कार्यक्रममा बोर्डका अध्यक्ष डा. कार्कीले बोर्डको अनुरोध बमोजिम विशेष महत्वसाथ यस्तो सिक्का प्रकाशन गरेकोमा नेपाल राष्ट्र बैंक, टक्सार महाशाखालाई धन्यबाद दिनु भयो ।

रजत जयन्तीको उपलक्ष्यमा निकट भविष्यमा रु २,५०० दरको सिक्का समेत निष्काशन गर्ने कार्यक्रम रहेको छ ।

२०७६ असार १६ गते प्रकाशित

वि.सं.२०७६ असार १६ सोमवार ११:१० मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...