back
NMB ad

कम्पनी रजिष्ट्रार कार्यालयमा दैनिक २ सयसम्म कम्पनी दर्ता

Kumari bank ad

काठमाडौं । त्रिपूरेश्वरस्थित कम्पनि रजिष्ट्रार कार्यालय मा दैनिक २ सयसम्म कम्पनी दर्ता हुने गरेको छ । सामान्यतया १ लाख रुपैयाँ देखि व्यवसाय सञ्चालन गर्न सक्ने व्यवस्था भएको कारण सामान्य देखि ठुला व्यवसाय गर्नेको संख्या पनि बढेसँग कम्पनि दर्ताको क्रम पनि बढ्दो मात्रामा छ ।

आर्थिक बर्ष २०७५/७६ सम्मको कम्पनी दर्ताको संख्या २ लाख १७ हजार १ सय ६२ रहेको छ । नेपालमा वि.स २०४९ देखि व्यवसाय गर्नेको संख्या संकलन गर्न थालिएको थियो ।

कम्पनि रजिष्ट्रार कार्यालय त्रिपूरेश्वरबाट पब्लिक लिमिटेड, प्राइभेट लिमिटेड, र मुनाफा कम्पनी गरी ३ प्रकारका कम्पनि दर्ता गर्ने प्रावधान रहेको छ । यस्तै विदेशी कम्पनी पनि दर्ता गर्ने गरिन्छ । विदेशीले नेपालमा लगानी गरेर कम्पनी दर्ता गरेर काम गर्नेको संख्या भने धेरै रहेको छैन ।कम्पनी दर्ता वृद्धि भएसँगै राजस्व संकलन पनि बढिरहेको छ । चालु आर्थिक बर्ष २०७५/७६ असार १५ गते सम्ममा दर्ता भएका कम्पनीबाट मात्रै ७२ करोड भन्दा बढी राजस्व संकलन भएको नेपाल सरकार उद्योग मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरका उप–रजिष्ट्रार सन्तोष दहालले बताएका छन् ।

भने अघिल्लो आर्थिक बर्ष असार १५ सम्म ६२ करोड ६९ लाख ५१ हजार ५ सय ७२ रुपैयाँ राजस्व संकलन भएको बताइएको छ । दाहालका अनुसार गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षमा १० करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन भएको छ । चालु आर्थिक बर्ष असार १५ सम्म कम्पनि दर्ताबाट ३२ करोड ८ लाख ३८ हजार ८ सय ७० रुपैयाँको राजस्व संकलन भएको छ भने अघिल्लो आव मा २८ करोड ६१ लाख ५० हजार ३ सय ७० रुपैयाँको राजस्व संकलन भएको थियो ।

त्यस्तै पूजीँ बृद्धि बापत चालु आर्थिक बर्ष ८ करोड ५८ लाख ६ हजार ४२ रुपैयाँ राजस्व संकलन, जरिवाना बाफत २९ करोड ३९ लाख २४ हजार ६ सय ५८ रुपैयाँ र अन्यबाट २ करोड ४ लाख १० हजार १ सय ८० रुपैया बराबरको राजस्व संकलन भएको छ । कम्पनी दर्ता गर्नेको संख्या हेर्ने हो भने हालसम्म सबै भन्दा बढी प्राइभेट लिमिटेड रहेका छन् र सबै भन्दा कम विदेशी कम्पनी रहेका छन् । चालु आ.व सम्म प्राइभेट लिमिटेडमा दर्ता हुने कम्पनि २ लाख १२ हजार ८ सय ५१ रहेका छन् ।

प्राइभेट कम्पनी एक्लै व्यत्तिले पनि दर्ता गर्न पाउने प्रावधान भएकोले कम्पनि दर्ता गर्ने बढी भएको कम्पनि रजिष्ट्रारको कार्यालयले जानकारी दिएको छ।

२०७६ असार १६ गते प्रकाशित

वि.सं.२०७६ असार १६ सोमवार १६:४८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...