back
NMB ad

अहिले प्रधानमन्त्री र मन्त्रीहरु परिवर्तन गर्नुहुँदैन, यही सरकारलाई पाँच वर्षे कार्यकाल पूरा गर्न दिनुपर्छ: खड्का

Kumari bank ad

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्व मन्त्री दिपक खड्काले तत्काल प्रधानमन्त्री वा मन्त्रीहरु परिवर्तन गर्नुपर्ने आवश्यक नरहेको स्पष्ट पारेका छन् । उनले भने,‘अहिले झट्ट हेर्दा प्रधानमन्त्री परिवर्तन गर्ने हल्ला छ, मन्त्रीहरु पनि परिवर्तन गर्ने हल्ला छ । अहिले मन्त्रीहरु परिवर्तन गर्न आवश्यक छैन । यसले अस्थिरता निम्त्याउँछ ।’

खड्काले वर्तमान सरकारसँग पाँच वर्षको स्पष्ट म्याण्डेट भएकोले हेलचेक्रयाँई गर्न नहुने धारणा राखे । उनले भने,‘यदि यो पाँच वर्ष हेलचेक्र्याँई गरियो भने मुलुक २५ वर्ष पछि पर्छ ।’ उनले थपे,‘यही सरकारलाई पाँच वर्षे कार्यकाल पूरा गर्न दिनुपर्छ ।’
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता खड्काले अहिले मन्त्रीहरु किन परिवर्तन गर्नुपर्यो ? भन्दै प्रश्नसमेत गरे । उनले भने,‘सरकार स्थायी छ, यो सरकारलाई हामीले आवश्यक सहयोग गर्नुपर्छ ।’ यद्धपी सरकारले प्राप्त गरेको म्याण्डेअनुसार काम गर्न नसकेको उनको आरोप छ ।

क्लबका सभापति ऋषि धमलाको अभ्यक्षतामा आयोजित साक्षात्कारमा बोल्दै उनले मुलुकमा अहिले भ्रष्टाचार पनि व्याप्त रहेको सुनाए ।
विकास खर्चको बारेमा पनि सरकार चुकिरहेको र असारमात्रै खर्च गर्ने प्रवृत्ति दोहोरिएको उनको आरोप छ । उनले भने,‘अहिले सरकारले पिचमाथि पिच गरिरहेको छ । जहाँ पिच गर्नुपर्ने थियो, त्यहाँ गर्दैन तर पिच भएको ठाउँमा चाहीँ पिच गर्छ । पुतलीसडकमा पिच गर्छ, यो त हाम्रो बेथिति हो ।’ अहिले मुलुक बनाउने बेला भएकोले सरकारमा बसेकाहरु जिम्मेवार हुनुपर्ने उनको धारणा छ । उनले भने,‘मुलुक बनाउने जिम्मेवार ओहोदामा बस्नेहरु झनै जिम्मेवार बन्नुपर्छ ।’ वर्तमान सरकार सफल हुन नसकेको भएपनि काम गर्नको लागि अझै समय रहेको उनको भनाई छ ।

उनले भने,‘अहिलेको व्यवस्थालाई स्थिर बनाउनको लागि पनि यो सरकारलाई काम गर्न दिनुपर्छ । पाँच वर्ष प्रधानमन्त्री र मन्त्रीहरु हटाउनुहुँदैन् ।’ सरकारले विकास तथा समृद्धिको लागि सबै पक्षसँग छलफल तथा सहकार्य गर्नुपर्ने उनको भनाई छ । उनले वर्तमान सरकार धेरै ठाउँमा चुकेको पनि खड्काले आरोप लगाए ।

पूर्व अर्थमन्त्री शंकर कोइरालाले दुई तिहाईको सरकार हुँदापनि विकास खर्चबारे पूरानै ट्रेण्ड देखिनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरेका छन् ।
कोइरालाले भने,‘विकास त सकारात्मक रुपमा अगाडि बढेको छ । असारे विकासको कुरा गर्दा पहिले अस्थायी सरकार भन्ने बनिबनाउ कारण थियो, अब स्थायी सरकार आएको छ । दुई तिहाईको सरकार बनेपछि पूरानो रोग कम हुने आधार थियो । उनले आयोजना कार्यान्वयनको क्षमतापनि बढाउनुपर्ने बताए । त्यस्तै, कार्यान्वयन निकायले पनि आफ्नो जिम्मेवारीपन देखाउनुपर्ने कोइरालाको सुझाव छ । उनले भने,‘कार्यान्वयनको सन्दर्भमा राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्ड गर्नुपर्छ ।’

त्यस्तै उनले बजेटमा परिपक्व योजनामात्रै पार्नुपर्ने धारणा राखे । ठेक्का, टेण्डर दाबी विरोधमा पनि केही समस्या रहेको उनको टिप्पणी छ । लगाईएका ठेक्काहरुको अनुगमन राम्रोसँग गर्नुपर्ने उनले सुझाए ।
सरकारले कर्मचारी समायोजनको नाममा लामो समय अलमल गरेको र संघीय संरचना तयार पार्दा विकास निर्माणको काममा ढिलाई भएको उनको तर्क छ । उनले भने,‘सरकारको खर्च गर्ने क्षमता कमजोर छ ।’
अर्थविद् डा. डिल्लीराज खनालले असारे विकासको बारेमा टिप्पणी गर्दा विगतमा विसंगति र विकृति रहेको सुनाए । उनले भने,‘४० देखि ५० प्रतिशत खर्च असारमा हुँदा गुणस्तर कम हुन्छ ।’ बजेट विनियोजन, जवाफदेहीता र पारदर्शीता प्रणाली नहुँदा समस्या भएको उनको भनाई छ ।

खनालले बजेट प्रणाली नै बेथिति रहेको सुनाए । उनले भने,‘अब बजेट विनियोजन, खर्च भुक्तानी प्रणालीलाई नै सुधार गर्नुपर्छ । आगामी आर्थिक वर्षमा यो कुरामा सुधार हुने अपेक्षा गरिएको छ ।’अहिलेपनि ‘जिरो सम गेम’ जस्तो देखिएको उनको भनाई छ । खनालले अब प्रणालीगत रुपमै यसलाई सुधार गर्नुपर्नेमा जोड दिए । उनले भने,‘बजेटका ठिक कार्यान्वयन भएका छन् कि छैनन् भनेर यसलाई अनुगमन गर्ने संयन्त्र हुनुपर्छ ।’ अहिलेपनि कार्यसम्पादनमा आधारित बजेट नभएको खनालको टिप्पणी छ । उनले भने,‘हाम्रोमा जेठ १५ देखि असार मसान्तको कार्ययोजना भएन । सार्वजनिक खर्चमा मितव्ययिता हुनुपर्छ । टाईम बाईको अवस्थालाई सुधार गर्नुपर्छ ।’ मुलुकलाई समृद्धिको दिशामा डोर्याउने खालको कार्ययोजना हुनुपर्ने उनको भनाई छ । खनालले हिजोसम्मको पुँजीगत खर्च ५३ प्रतिशत पुगेको सुनाउँदै जथाभावी हुने खर्च रोक्नुपर्ने सुझाव दिए । उनले भने,‘बेठीक ढंगले हुने खर्चलाई प्रोत्साहन गर्नुहुँदैन्।’

बजेट कार्यान्वयनको सवालमा अहिलेपनि समन्वयको कमि देखिएको उनको गुनासो छ । उनले भने,‘४५ दिनको वर्क प्लान खोई ? एक्शन प्लान बनाउनुपर्छ । काम भएन भने मन्त्रीलाई समेत दण्डित गर्नुपर्छ ।’

२०७६ असार १७ गते प्रकाशित

वि.सं.२०७६ असार १७ मंगलवार १७:१९ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...