back
NMB ad

वित्तीय साक्षरता कमजोर भएकाले बुझेर मात्रै लगानी र कारोबार गर्नुपर्ने अर्थमन्त्रीको भनाई

Kumari bank ad

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको आयोजनामा अन्तराष्ट्रिय वित्तीय साक्षरता सम्मेलन सम्पन्न भएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले सम्मेलनको उद्घानट गरेका थिए । सम्मेलनको उद्घान गर्दै मन्त्री खतिवडाले नेपालमा अझै पनि वित्तीय साक्षरताको अवस्था कमजोर रहेको बताएका छन् । वित्तीय साक्षरताको अभावमा गरिने शेयरको लगानी जोखिममा हुने पनि उनले बताएका छन् ।

अर्थमन्त्री खतिवडाले वित्तीय क्षेत्रमा लगानी गर्नेलाई आफूले लगानी गर्ने संस्थाबारे धेरै जानकारी हुनुपर्ने बताएका छन् । नेपालको शेयर बजारमा अधिकांस बैंक तथा वित्तीय संस्थाहरु सूचिकृत रहेको उल्लेख गर्दे यस क्षेत्रमा लगानी गर्नेहरुमा पनि वित्तीय साक्षरता कमजोर रहेको उनको भनाई छ ।

अर्थमन्त्रीले भने, ुवित्तीय साक्षरता विकास गर्न कम्पनीबारे बुझेर मात्रै लगानी गर्नुपर्छ, धेरै बिषय कम्पनीले प्रकाशित गर्ने वासलातमा आउँछ, कम्पनीको वासलात पढ्ने र साधारणसभामा प्रस्तुत भएका वार्षिक प्रतिवेदनहरुको अध्ययन गर्ने बानीको विकास गर्नुपर्छ ,ु कम्पनी बारे नबुझी गरेको लगानीमा जोखिम बढी हुने उनको भनाई थियो ।

बैंक तथा वित्तीय संस्थाको कारोबार गर्ने धेरै मानिसमा वित्तीय साक्षरता पुर्याउनुपर्नेमा अर्थमन्त्रीले जोड दिए । नेपालका बैकिङ कारोबार गर्नेहरु बढेपनि उनीहरुमा प्रयाप्त वित्तीय साक्षरता पुग्न नसकेको उनको भनाई थियो ।

नयाँ प्रविधिको प्रयोगले वित्तीय क्षेत्रमा चुनौती बढाइरहेको अर्थमन्त्रीको भनाई छ । उनले आफुलाई अहिलेसम्म पनि प्रविधि मार्फत गर्ने कारोबारमा आत्माविश्वास नभएको बताए । ’म जस्तो व्यक्तिलाई त प्रविधि मार्फत गरिने कारोबारप्रति आत्माबिश्वास छैन भने अरुको के अवस्था होला’ अर्थमन्त्रीले भने ’नेपालमा प्रयाप्त रुपमा वित्तीय साक्षरता नभएका कारणले त्यसमा काम गर्नु पर्ने अवस्था छ ।’
अर्थमन्त्री खतिवडाले वित्तीय क्षेत्रमा सम्पत्ती शुद्धीकरणलगायतका मुद्दा महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दे यस बिषयमा अझै थुप्रै काम गर्न बाँकी रहेको बताए ।

पूँजीबजारलाई लिएर नेपालमै पहिलो पटक अन्तराष्ट्रिय वित्तीय साक्षरता सम्मेलन भएको हो । सम्मेलनमा अन्तरराष्ट्रिय संस्थाहरू, पूर्व एशियाली तथा सार्क राष्ट्रका वित्तीय क्षेत्रका नियमनकारी निकायहरूका प्रतिनिधि गरी ४० जना वित्तीय क्षेत्र तथा वित्तीय साक्षरताका अन्तरराष्ट्रिय विज्ञहरूको सहभागिता छ।

२०७६ असार १८ मा प्रकाशित

वि.सं.२०७६ असार १८ बुधवार १०:४८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...