back
NMB ad

लोकसेवा आयोगको कर्मचारी भर्ना प्रक्रिया अगाडि बढ्यो

Kumari bank ad

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहमा कर्माचारी भर्ना प्रक्रियालाई अगाडि बढाएको छ। आयोगले गत जेठमा ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित गरेको थियो।

आयोगले खुलाएको विज्ञापन संविधानको समावेशी मर्म विपरित भएको भन्दै सांसदहरुले विरोध गरेका थिए। त्यस्तै संसदीय समितिले पनि विज्ञापन खारेज गर्न निर्देशन दिएको थियो।

तर, विवादका बीच सर्वोच्च अदालतले भर्ना प्रक्रिया अगाडि बढाउने बाटो खोलिदिएपछि भर्ना प्रक्रियालाई आयोगले अगाडि बढाएको छ। आयोग स्रोतका अनुसार कर्मचारी भर्नाका लागि लिइने परीक्षाको प्रश्नपत्र तयारीको काम समेत आयोगले थालेको छ।  आयोगले विवाद र सर्भरमा समस्या आएका कारण असार ३ गते सम्मका लागि आवेदन दिने अन्तिम म्याद राखिएकोमा असार १० सम्म म्याद थप गरेको थियो। डबल दस्तुरसहित असार १७ गतेसम्मको म्याद तोकिएको थियो।

यस अवधिमा आयोगमा ४ लाख ४१ हजार १४१ जनाले अनलाईनमार्फत आवेदन दर्ता गराएका थिए। त्यसमध्ये दुई लाख ७४ हजार ७४७ जनाले आवेदन शुल्क बुझाएका छन्। योसँगै शुल्क बुझाउने आवेदकहरुले अब लोकसेवाले लिने परीक्षा दिन पाउने छन्। आयोगले पूर्व निर्धारित समयमा नै परीक्षा सम्पन्न गरी दशैंसम्म कर्मचारी भर्ना गरिसक्ने गरी कामलाई अगाडि बढाएको आयोगले जनाएको छ। परीक्षा सेड्युलमै गर्ने गरी काम अगाडि बढाइएको आयोगका सूचना शाखाका अधिकारीले जानकारी दिएका छन्।

आयोगले साउन २५ गतेदेखि परीक्षा सञ्चालन गर्ने छ। अप्राविधिक तर्फ अधिकृत, न्याय र कानुन सेवातर्फ प्रथम पत्रको परीक्षा साउन २५ गते र द्वितीय पत्रको परीक्षा २६ गते सञ्चालन हुने आयोगले सार्वजनिक गरेको सूचनामा उल्लेख छ। प्राविधिक तर्फ साउन ६ गतेदेखि परीक्षा हुने छ। त्यस्तै प्रशासन सामान्य प्रशासन तथा लेखा उपसमूहतर्फ साउन ३ गते प्रथम पत्र भदौ ६ गते द्वितीय पत्र भदौ ७ गत गते तृतियपत्रको परीक्षा हुने छ।

२०७६ असार १८ मा प्रकाशित

वि.सं.२०७६ असार १८ बुधवार १३:०९ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...