back
NMB ad

साउदी जेलमा रहेका चौधरीको रिहाईको लागि ३८ लाख १५ हजार ‘ब्लड मनी’ हस्तान्तरण

Kumari bank ad

काठमाडौँ । विगत ३० महिनादेखि साउदी अरेबियाकोे जेलमा रहेका चितवन खैरहनी नगरपालिका–१० गुठौलीका जलेश्वर चौधरीलाई रिहाई गर्नको लागि सामाजिक स्वयंमसेवक नेपाल मिसन चितवन र मिसन झापाको नेतृत्वमा संकलित ३८ लाख १५ हजार रकम पीडितका बुवा सुकरा महतोलाई हस्तान्तरण गरिएको छ ।

संस्थाद्वारा संकलन गरिएको उक्त ‘ब्लड–मनी’ साउदी सरकारलाई पठाउने तयारी भैसकेको संस्थाका उपाध्यक्ष सागर लामिछानेले बुधबार रिपोर्टर्स क्लब नेपालमा पीडित बुवालाई रकम हस्तान्तरण गर्दै घोषणा गरेका हुन । गाडी चलाउने क्रममा साउदी नागरिकको मृत्यु भएपछि बिगत ३० महिनादेखि जेलमा रहेका चौधरीको रिहाईको पहल गर्न गैर–आवासीय नेपाली संघ साउदीबाट ४ लाख पचास हजार सहयोग गर्ने प्रतिवद्वता आएकोे र उक्त रकम साउदीबाट सिधै हस्तान्तरण हुने पनि लामिछाने जानकारी दिए । लामिछानेले बैदेशिक रोजगारीको सिलसिलामा विदेशिएका नेपाली नागरिकहरुलाई परेको अप्ठ्यारोमा आफूहरुले सहयोग गर्दे आएको विश्वास दिलाए ।

बैदेशिक रोजगारीको नाममा ठगिएका तथा अलपत्रमा परेकाहरुको उद्वारकै निम्ति आफु इन्डोनेसियाको बालीसम्म पुगेकोे पनि उनले स्पष्ट पारे । उनले भने,‘योभन्दा पहिला पनि राष्ट्र परिवर्तनको लागि युवा अभियानहरु संचालन गर्दै भ्रष्ट्राचार, विकृति तथा विसंगतिकाविरुद्व अभियान चलाउदै आएका छौं ।’ पीडितहरुको सहयोगार्थ आफुले सहयोकमुलक कार्यहरु गर्दे आएको उनको भनाई छ । लामिछानेले आफ्नो संस्थाले विभिन्न रोगबाट पीडितहरुको सहयोगार्थ रकम संकलन तथा विपन्न परिवारका विद्यार्थीहरुलाई निःशुल्क शिक्षाको लागि सहयोग गर्न पाउँदा आफुमा खुशि र थप हौसला प्रदान भएको बताए ।

‘अहिले ब्लड मनिको सिकार बनेका चौधरी जी.आर. मेनपावरको गैरजिम्मेवारीपूर्ण कारणले जीवनमरणको दोसाँधमा पुगेका हुन ।’–उनको भनाई छ । उनले भने,‘साउदी सरकारले ब्लड मनीमा सहमती जनाउँदा पनि राजनैतिक तवरबाट आश्वासनबाहेक कुनै सहयोग नपाए पनि सहयोगी हातहरुले आज एक जना नेपालीको ज्यान बचाउने अभियानमा लागेका हौ ।’ केही समय पहिले बारा र पर्सामा गएको बिनासकारी आँधिबाट पीडितको उद्वारकार्यमा सहयोग पु¥याएको उनको भनाई छ । साथै, उनले कुनैपनि प्रकारका बिरामीहरुलाई रगतको अभाव भएमा आफ्नो संस्थासंग सम्पर्क गर्नपनि आह्वान गरे ।

कार्यक्रममा बोल्दै रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले लामिछानेले नेपालीहरुको दुःखमा ठूलो सहयोग गरेको भन्दै प्रशंसा गरे । उनले भने,‘लामिछानेजीले धेरै उदाहरणीय काम गर्नुभएको छ, म उहाँको कामको खुलेर प्रसंसा गर्न चाहन्छु ।’लामिछानेले गरेको कामले आज पीडित परिवारको मुहारमा खुशियाली छाएको बताउँदै धमलाले आगामी दिनमा पनि यस्तैखाले सहयोगको भावना र असल कर्मलाई निरन्तरता दिन आग्रह गरे ।‘आज हरेक नेपाली युवाहरुको लागि बिदेशीनु बाध्यता बनेको छ । विदेशको जेलमा सयौं नेपालीहरु छन्, उनीहरुको उद्वारमा नेपाल सरकारले ध्यान दिनुपर्छ’–धमलाले थपे ।

‘विदेशकमा रहेका नेपाली नियोगमा रहेका राजदुतहरुले के गरेर बसेका छन ? आफ्ना नागरिकको पीडा सुन्नुपर्देन ?’उनको आक्रोस छ । धमलाले भने,‘म परराष्ट्रमन्त्री, श्रम तथा रोजगारमन्त्री तथा प्रधानमन्त्रीलाई अनुरोध गर्छु नेपाली नागरिक बिदेश कुनै रहर नभई बाध्यताबश गएका हुन, उनीहरुका समस्यामा ध्यान दिनुहोस् ।’कार्यक्रममा बोल्दै साउदी जेलमा रहेका पीडित चौधरीका बुवा सुकरा महतोले आफ्नो छोरो केही पैसा कमाउन गएको तर झण्डै मृत्युको मुखमा पुगेको सुनाउँदै अन्ततः मृत्युको मुखबाट बचाएर घर फर्कने वातावरण बनाउने संस्थाप्रति धन्यवाद दिए ।

छोराले केही कमाउला र परिवारिक समस्या सामाधान होला भनेर बाध्यताले छोरालाई बिदेश पठाएको जनाउदै विगत लामो समयदेखि आफु नमरी छोराको मृत्युको खवर कहिले आउने हो भन्दै चिन्तामा बितेको पनि उनले सुनाए ।‘सबै भगवानको खेल हुँदो रहेछ । आज मलाई यो संस्थामार्फत सहयोग गर्नेहरु सबै भगवान बनेर आउनुभएको छ । सहयोगको लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु’–उनले भने । ‘छोरा कमाएर भन्दापनि बाँचेर आउने आशामा’ आफू खुशी रहेको महतोको भनाई छ । उनले भने,‘अब दुःख सुख गरेर भएपनि स्वेदेशमै केही गरेर परिवार पाल्ने छौ ।’ चाँडै नै छोरा नेपाल फर्कनेमा आफु ढुक्क बनेको पनि महतोले विश्वास दिलाए ।

२०७६ असार १८ मा प्रकाशित

वि.सं.२०७६ असार १८ बुधवार १८:१२ मा प्रकाशित

You can share this post!

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...