back
NMB ad

लघुवित्तको आजवाट १ लाख ३२ हजार कित्ता आइपीओ बिक्री खुल्ला

Kumari bank ad

काठमाडौं । घोडिघोडा लघुवित्त वित्तीय संस्थाको आज शुक्रबार देखि आइपीओ खुल्ला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ लाख ३२ हजार ६०० कित्ता आइपीओ खुल्ला गरेको हो । यसमध्ये १ हजार ३८० कित्ता कम्पनीका कर्मचारी र ९ हजार ६३० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ ।

बाँकी १ लाख २४ हजार ५९० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले धितोपत्र बोर्डबाट सिआश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका सम्पूण कार्यालय तथा मेरोशेयरबाट समेत आवेदन दिन सक्नेछन्। उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि एक हजार रुपैयाँदेखि एक हजार कित्ताको लागि एक लाख रुपैयाँसम्मको आवेदन दिन सक्नेछन्।

आईपीओमा आवेदन दिने अन्तिम दिन असार २५ गते बुधबारसम्म रहेको छ।आइपीओबाट जम्मा भएको रकममध्ये ५० लाख रुपैयाँ कृषि क्षेत्र, ३२ लाख ६० हजार रुपैयाँ व्यापार व्यवसाय र ५० लाख रुपैयाँ लघु उद्यम कर्जामा उपयोग गरिने कम्पनीले जनाएको छ ।

घोडिघोडाले आइपीओ बिक्रीपछि चुक्ता पुँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँ पुर्याउने छ । यसैगरी, आर्थिक वर्ष २०७६/७७ मा ३ करोड ३१ लाख ५० हजार र आव २०७७/७८ मा ४ करोड ६४ लाख १० हजार रुपैयाँ चुक्ता पुँजी पुर्याउने प्रक्षेपण गरेको छ ।

२०७६ असार २० गते प्रकाशित

वि.सं.२०७६ असार २० शुक्रवार १०:२९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...