back
NMB ad

अर्थतन्त्र पुनर्निर्माणको चरणमा रहेको अर्थमन्त्रीको भनाई

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंक आफैमा स्वायत्त निकाय भएको भन्दै आगामी मौद्रिक नीतिका बारेमा आफ्नो सुझाब अघि ल्याएकाछन्।

आज बालुवाटारस्थित भुकम्पले भत्किएको राष्ट्र बैंकको भवन शिलान्यास कार्यक्रमका बिच अर्थमन्त्री खतिवडाले उत्पादकत्व बृद्धिदेखि बाह्य क्षेत्र सन्तुलनसम्मका बिषयलाई राष्ट्र बैंकले मौद्रिक नीतिमा समेट्नु पर्ने उनले उल्लेख गरेका छन्।

नियमन र प्रवर्द्धक भूमिका बलियो बनाउने, साना ठूला सबै आवश्यकता पुरा गर्ने र परिचालित बचतलाई नागरिकको सीप क्षमता अनुसार उत्पादक क्षेत्रमा लगानी गर्न पूँजी उपलब्ध गराउने केन्द्रीय बैंकको अबको काम हो, अर्थमन्त्रीले भने । उनले अन्तर्राष्ट्रिय पूँजी परिचालन गर्न पनि वित्तीय प्रणालीलाई सक्षम बनाउने गरी राष्ट्र बैंक सवल हुनु पर्ने बताए। यसो हुँदा आफुहरु दुई अंक नजिकको आर्थिक बृद्धिमा पुग्न सक्ने र यो बृद्धि हासिल गर्नका लागि लगानी मात्र नभई लगानीको प्रतिफल समेत बढाउनु पर्ने उनको धारणा छ ।

उनले मूल्य बृद्धि राष्ट्र बैंकको सर्वथा प्राथमिक बिषय भएको भन्दै अहिले पाँच प्रतिशतभन्दा तल रहेका यसले लगानी बढाउँदै लैजाने ठाउँ दिएको बताएका छन्। तर हामीलाई अहिले ब्यापार घाटा, सेवा क्षेत्रमा अपेक्षित आम्दानी नहुनु , विदेशी प्रत्यक्ष लगानी सोचेजति आकर्षित गर्न नसक्नु लगायतका बाह्य क्षेत्रमा चुनौतीहरु छन् । आगामी मौद्रिक नीतिले यस सन्दर्भमा संवोधन गर्यो भने आगामी बर्ष बाह्य क्षेत्रको स्थायित्व र भुक्तानी सन्तुलन सहज स्थितिमा पुग्ने छ, उनले भने ।

उनले राष्ट्र बैंकको भवन पुनर्निर्माणका लागि शिलान्यास कै क्रममा बोल्दै राष्ट्र बैंकको भवनजस्तै अर्थतन्त्र पनि पुनर्निर्माणकै चरणमा रहेको बताए। पुनर्निर्माणको क्रममा कहिलेकाँहीँ जमिनमुनि पसेर निर्माण सुरु गर्नु पर्छ। त्यो गरिरहँदा कहिलेकाँही हामी उल्टो बाटो हिँडेको हो भन्ने भ्रम पनि कतिलाई परेको थियो र छ, उनले भने, त्यो हुनु हुँदैन। जग बलियो भएपछि संरचना बलियो हुन्छ।

अर्थमन्त्री खतिवडाले नेपाल लामो समयपछि वित्तीय स्थायित्वको युगमा प्रवेश गरेको समेत बताए। धेरै बर्षसम्म वित्तीय प्रणाली सं‍कटमा छ कि भन्ने प्रश्न उठ्ने गरेको बताउँदै उनले एक दशकदेखि बित्तीय प्रणाली स्थिरतातिर आइरहेको उल्लेख गरे।

बैंकहरुमा ग्राहकको निक्षेप फिर्ता लिन कुनै भिँड र अस्वभाविक रुपमा असुरक्षित भएको महशुस गर्नु पर्ने अवस्था छैन। निक्षेप बीमाले त्यो सुरक्षा गरेको छ, उनले भने,  वित्तीय स्वास्थ्यमा सुधार भएको छ। दक्षिण एसियामै नेपालको बैंकिङ प्रणाली सुदृढ छ। खराब कर्जा निक्कै कम छ।

२०७६ असार २३ गते प्रकाशित

वि.सं.२०७६ असार २३ सोमवार १३:३० मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...