back
NMB ad

हिमालयन बैंकले ३० लाख युनिट ऋणपत्र बिक्री खुला गर्ने

Kumari bank ad

काठमाडौं । हिमालयन बैंकले ३० लाख युनिट ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको १०% हिमालयन बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । साउन २ गते देखि ऋणपत्र बिक्रि खुला गर्ने बैंकले जनाएको छ । यसमध्ये १२ लाख युनिट सर्वसाधारणका लागि खुला गरिनेछ भने सामूहिक लगानी कोषलाई ५५ छुट्याइनेछ । यसआधारमा सामूहिक लगानी कोषहरुले ६० हजार युनिट पाउनेछन् । बाँकी १८ लाख युनिट भने बैंकले आफ्नै पहलमा अन्य संघ संस्थालाई बिक्रि गर्ने जनाएको छ । यस ऋणपत्रमा वार्षिक १०५ ब्याजदर पाइनेछ ।

रेटिङ एजेन्सी केयर रेटिङले यो ऋणपत्रलाई न्यून कर्जा जोखिम जनाउने ‘ग्रेड ए’ रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटलले गर्नेछ । बैंकले प्रतियुनिट १ हजार रुपैयाँ दरमा ऋणपत्र बिक्री गर्न लागेको होे । यो ऋणपत्रमा छिटोमा साउन ६ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने साउन ३१ गतेसम्म भर्न सकिने बैंकले जनाएको छ ।

बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्र जारी गर्ने क्रम पछिल्लो समयमा बढेको देखिन्छ । हिमालयन बैंकको सबै शाखा र सी–आस्वाको माध्यमबाट यसमा आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक लक्ष्मी क्यापीटल मार्केटबाट फारम प्राप्त गरी आवेदन बुझाउन पनि सकिनेछ ।

२०७६ असार २५ गते प्रकाशित

वि.सं.२०७६ असार २५ बुधवार १२:२२ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...