काठमाडौं । यती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएपछि अहिले हवाइ उडान अवरूद्ध भएको छ ।
नेपालगञ्जबाट आएको यती एयरलाइन्सको एटीआर–७२ को विमान अवतरणको क्रममा बिहान चिप्लिएको हो । चिप्लिएको बिमानवाट सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ। बर्षा कै कारण दुर्घटना भएको हो या अरू के कारणले हो खुल्न सकेको छैन।
विमानलाई निकालेपछि मात्र आन्तरिक तथा बाह्य उडान सन्चालन हुने बताइएको छ। यति एयरलाइन्सले बिमानमा यात्रा गरिरहेका ६६ जना यात्रु तथा ३ जना फ्लाइट क्रु सुरक्षित रहेको जनाएको छ। जहाजमा ६४ जना वयस्क र २ जना नाबालक यात्रु रहेका थिए।
२०७६ असार २७ गते प्रकाशित
वि.सं.२०७६ असार २७ शुक्रवार १२:४८ मा प्रकाशित