मनसुन कमजोर हुँदै, वर्षा घट्दो क्रममा

काठमाडौं । मध्य र पूर्वी नेपालको तराई भूभाग तथा पश्चिमी नेपालको पहाडी भूभाग नजिकको मध्य र पूर्वको न्यून चापीय क्षेत्र कमजोर अवस्थामा रहेकाले वर्षा घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त प्रणालीका कारण मनसुन अझै सक्रिय रहे पनि विस्तारै कमजोर हुँदै जाने विभागका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए । विभागले शुक्रबारको जस्तो अविरलरुपमा भने वर्ष नहुने जानकारी दिएको छ ।

केही दिन सतर्कता अपनाउन भने आग्रह गरेको छ । अहिले देशका धेरैजसो स्थानमा मनसुनी वर्षा भने जारी रहेको अर्यालले जानकारी दिए । पश्चिम र मध्यपश्चिमको तराई र थोरै पहाडी भूभागमा यो समाचार तयार पार्दा पानी परिरहेको विभागले जानकारी दिएको छ ।

२०७६ असार २९ गते प्रकाशित

२०७६ असार २९ गते ०७:२३ मा प्रकाशित

You can share this post!

ओली सरकारले मध्य राती कोशी ब्यारेजका ५६ वटै ढोका खोल्यो

बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३४

Related posts