back
NMB ad

सरकारी कार्यालय धाउने एक अपांग व्यक्ति, जसलाई देख्दा सरकारी कर्मचारीको होस् उड्यो

Kumari bank ad

मेक्सिको सिटी। एक जना अपांग व्यक्ति दिनहुँ सरकारी कार्यालय धाइरहेका थिए । यो क्रम २ महिनासम्म चल्यो । २ महिनाको अवधिमा ती अपांग व्यक्ति नगरका सबैजसो सरकारी कार्यालयमा पुगे । जब २ महिना बित्यो त्यसपछि ती व्यक्तिले आफ्नो वास्तविकता बताए । उनको वास्तविकता थाहा पाउँदा सरकारी कर्मचारीको होसहवास उड्यो ।

उनी नगरका मेयर कार्लोस टेना थिए जो भेष बदलेर सरकारी कार्यालयको छड्के निरीक्षण गरिरहेका थिए । यो घटना मेक्सिकोको कुयाटेमोक शहरको हो । मेयर टेनालाई केही समयदेखि सरकारी कार्यालयमा अपांगहरुमाथि दुर्व्यवहार हुने गरेको गुनासो आइरहेको थियो । त्यसपछि यसको वास्तविकता बुझ्न उनले २ महिनासम्म आफैं अपांग बनेर सबै सरकारी कार्यालय निरीक्षण गर्ने निर्णय लिएका थिए ।

यो २ महिनाको अपधिमा मेयर टेना स्वयं कैयौं पटक अपमानित हुनुपर्यो । पछि वास्तविकता खुलाएपछि उनले दुर्व्यवहार गर्ने सबै कर्मचारीलाई कडा चेतावनी दिएका छन् । ‘मेरो यो प्रयोगको उद्देश्य ती कठिनाइहरुको अनुभव गर्नु थियो जुन कठिनाइहरु आम नागरिक हरेक दिन भोग्छन् । म निकै कठिनाइमा थिएँ किनकि मलाई थाहा थिएन आम नागरिकको कुरामा विश्वस गरुँ कि आफ्ना सहकर्मीको कुरामा ।

म लामो समयदेखि अपांगहरुलाई उनीहरुको हक दिलाउन लागिपरेको छु । मलाई थाहा थिएन कि मेरा सहकर्मीहरुले उनीहरुसँग दुर्व्यवहार गर्छन् । आशा गर्छु कि भविष्यमा अपांगमाथि दुर्व्यवहार भएको गुनासो सुन्न पर्ने छैन ।’ कार्लोसले भने

२०७६ असार २९ गते प्रकाशित

वि.सं.२०७६ असार २९ आइतवार ११:१८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...