back
NMB ad

नेप्सेले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइनमा आबद्ध हुने लगानीकर्ताको संख्या साढे ११ हजार माथि

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा आबद्ध हुने लगानीकर्ताको संख्या साढे ११ हजार माथि पुगेको छ। पछिल्लो एक साताको अवधिमा मात्र यस्तो संख्या १७४ जना थपिएको नेप्सेले जनाएको छ।

नेप्सेले उपलब्ध गराएको तथ्याङ्क अनुसार असार १९ गतेसम्म अनलाईन प्रयोगकर्ताको संख्या ११ हजार ४१० रहेकोमा असार २६ गतेसम्ममा १७४ ले बढेर ११ हजार ५८४ जना पुगेकोे नेप्सेले जनाएको हो।

पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सुरु भएदेखि ८ महिना अवधिमा अनलाईन प्रणालीमा आबद्ध भई युजर लिएर आफ्नै हातले शेयर कारोबार गर्ने शेयर लगानीकर्ताको संख्या हालसम्म साढे ११ हजार नाघेको हो।

नेप्सेको तथ्याङ्कअनुसार ब्रोकर नम्बर ५७ आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीजमा अनलाईन कारोबार प्रणालीको युजर लिने लगानीकर्ताको संख्या सबैभन्दा धेरै १ हजार १८७ जना रहेका छन् । एक साताको समयमा यस ब्रोकरबाट २६ जना लगानीकर्ताले नेप्से अनलाईन टेडिङ्ग सिस्टम (नट्स) को युजर लिएका छन्।

त्यसैगरी अरूण सेक्युरिटीजमा सबैभन्दा कम १९ जना लगानीकताले मात्र अनलाईन युजर लिएका छन् । यस ब्रोकरमा १ सातामा १ जनाले मात्रयुजर लिएका छन्।

ब्रोकरहरूबाट अनलाईन कारोबार प्रणालीको युजरलिने औसत संख्या २३१.६८ रहेको छ। जसमध्ये १८ वटा ब्रोकर कम्पनीले औसतभन्दा धेरै संख्यामा खाता खोलेका छन् भने ३२ वटा ब्रोकर कम्पनीमाऔसत भन्दा थोरै खाता खुलेका छन्।

ब्रोकर कम्पनीहरू अनलाईन सेक्युरिटीज ९४९०, भिजन सेक्युरिटीज ९३४०, दीपशिखाधितोपत्र कारोबार कम्पनी प्रालि ९३८० र सुन्धारा सेक्युरिटीज ९५२० मा अनलाईन कारोबार प्रणालीको युजर लिने लगानीकर्ताको संख्या पाँच सय धेरै छ। एक सय भन्दा कम खाता खुला भएका ब्रोकरहरूको संख्या २२ वटा रहेको छ।

नेपाल शेयर बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन भन्दै २०७४ कार्तिक २० गतेदेखि नेप्सेको अनलाईन कारोबार प्रणाली औपचारिक सञ्चालनमा ल्याइएको थियो। अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइन प्रणालीको उद्घाटन गरेका थिए ।

शेयरमा लगानी गर्नका लागि असार २८ गते शनिबारसम्म सिडिएस एण्ड क्यिरिङ्ग लिमिटेडबाट निक्षेप सदस्यता लिएका संस्थाहरुमा हितग्राही खाता खोल्ने लगानीकर्ताको संख्या १५ लाख ४९ हजार ८ जना रहेको सिडिएसीले जनाएको छ। जसमध्ये साढे तीन लाख लगानीकर्ताहरुले प्राथामिक बजारमा शेयर आवेदन गर्ने गरेका छन् भने दोस्रो बजारमा सक्रिय कारोबार गर्ने लगानीकर्ताको संख्या ५० हजार हाराहारीमा रहेको बताइन्छ।

(साभार)

२०७६ असार २९ गते प्रकाशित

वि.सं.२०७६ असार २९ आइतवार १६:४४ मा प्रकाशित

You can share this post!

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...

नेपाल-कतार द्विपक्षीय वार्ताः नेपालमा लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह   

नेपाल-कतार द्विपक्षीय वार्ताः नेपालमा लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३०

काठमाडौँ, १२ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच...

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी   

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:२५

काठमाडौँ, १२ वैशाखः नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार,...