back
NMB ad

नेप्सेको १७ लाख २९ हजार कित्ता सेयर राष्ट्र बैंकले बेच्दै

Kumari bank ad

काठमाडौं : राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको नेप्सेको १७ लाख २९ हजार ९८९.५० कित्ता सेयरका लागि बोलपत्र आह्वान गरेको  छ । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सेयर मंगलबार (असार ३१ गते) देखि लिलामीमा ल्याएको  हो । यसमा बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाहरुले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

नेप्सेमा राष्ट्र बैंकको ३६.६०५ सेयर छ । सोही सेयर बेच्ने प्रक्रिया थालिएको हो । केन्द्रीय बैंकले प्रतिसेयर न्यूनतम मूल्य १ हजार ३२ रुपैयाँ तोकेको छ । लगानीकर्ताले सोही मूल्यलाई न्यूनतम आधार मानेर आफूले खरिद गर्न चाहेको सेयरको दररेटसहित बोलपत्र पेश गर्नु पर्नेछ । लिलामीमा भदौ २ गतेभित्र नेपाल राष्ट्र बैंक, वित्त व्यवस्थापन विभाग, बालुवाटार पुग्ने गरी आवेदन दिनु पर्नेछ । केन्द्रीय बैंकले नेप्सेको सेयर प्रिमियम भाउमा बेच्न लागेको हो । सेयर बेचेर राष्ट्र बैंक नेप्सेबाट बाहिर खोज्दैछ । यसैगरी, नेप्सेमा नेपाल सरकारको ५८.६६, एनआइडीसीको ६.१२५ र सेयर ब्रोकरहरुको ०.६२५ सेयर स्वामित्व रहेको छ ।

२०७६ असार ३१ गते प्रकाशित

वि.सं.२०७६ असार ३१ मंगलवार १२:३५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...