काठमाडौं । मुक्तिनाथ विकास बैंकको २० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ।
बोर्डले मुक्तिनाथ विकास बैंकलाई रु। १०० अंकित दरका ६१ लाख २९ हजार ५२०।२५ कित्ता सेयर निष्कासनको अनुमति दिएको हो । बैंकले ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद शेयरको बिक्री प्रबन्धकमा बैंकले भिबोर क्यापिटलाई चयन गरिसकेको छ।
हाल बैंकको चुक्ता पूँजी ३ अर्व ६ करोड ४७ लाख ६० हजार रुपैयाँ छ। २० प्रतिशत हकप्रदपछि बैंकको चुक्ता पूँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ। बैंकले यसअघि गत वर्षको कमाईबाट १८.२५ प्रतिशत बोनस वितरण गरेको ४० प्रतिशत हकप्रद बिक्री गरेको थियो।
मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६० करोड २० लाख खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी २६ रुपैयाँ १९ पैसा कायम गरेको छ।
२०७६ असार ३१ गते प्रकाशित
वि.सं.२०७६ असार ३१ मंगलवार १५:२० मा प्रकाशित