back
NMB ad

एकहजार भन्दा माथि तलब खानेले लिनुपर्छ प्यान नम्बर,अनलाइनबाटै यसरी भर्नहोस्

Kumari bank ad

काठमाडौं । २०७५/७६ को अन्यसँगै आजबाट नयाँ आर्थिक वर्ष २०७६/७७ को शुरुवात भएको छ । अवको दिनमा तलब लिनका लागि सरकारले प्यानकार्ड अनिवार्य हुनुपर्ने बताएको छ । यो व्यवस्था पछि अब कुनैपनि प्राइभेट कम्पनि,संस्था, फर्म तथा निकायले स्थायी लेखा नम्बर(प्यान) बिना कुनैपनि व्यक्तिाई तलब दिन नपाउने भनिएको छ ।

प्यान कार्ड नभएका कर्मचारीको तलब खर्चको रुपमा देखाउन नपाइने र सरकारले कुनैपनि कर्मचारीलाई तलब दिंदा बैंक खातामा दिनुपर्ने भएकोले प्यान अनिवार्य भएको हो । प्यान कार्ड नलिने व्यक्तिहरुले एक हजार भन्दा माथिको तलब बैंकबाट लिनुपर्ने अनिवार्यता हुने र एक हजार भन्दा कम लिंदादिंदा मात्र नगद कारोबार गर्न पाइनेछ ।

अनलाइनबाट प्यान नम्बर लिने तरिकाः

१. आन्तरिक राजश्व विभागको वेभसाइड www.ird.gov.np मा जाने ।

२. होमपेजमा taxpayer मा क्लिक गर्ने र Registration मा क्लिक गर्ने साथै Application for registration मा क्लिक गरी नामथर भएको बक्समा आफ्नो नाम र थर भर्ने

३. User Name मा सम्झन सहज हुने नाम राख्ने र Password राख्ने र अर्काे बक्स रि पासवर्ड मा राख्ने । सम्पर्क नम्बर र इमेल ठेगाना राख्ने । कुन कार्यालयबाट प्यान नम्बर लिने हो सो ठेगाना  IRO नम्बरमा खुलाइ OK गर्ने ।

४. अब तपाईको व्यक्तिगत विवरण मागेअनुसार भर्ने र Submit गर्ने ।

५. Submit पछि प्रिन्ट थिचेर प्रिन्ट गर्ने र सो प्रिन्ट सम्बन्धित राजश्व कार्यालयमा बुझाउने , कार्यालयले विवरण जाँच गरेर प्यान कार्ड दिनेछ । प्यान कार्ड लिँदा पैसा लाग्दैन ।

                               २०७६ साउन १ गते प्रकाशित

 

वि.सं.२०७६ साउन १ बुधवार ११:२१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...