back
NMB ad

डोलेश्वरमा श्रावणी मेला शुरु

Kumari bank ad

भक्तपुर । केदारनाथको शिर डोलेश्वर मन्दिरमा साउन १ गते बुधबारबाट श्रावणी मेला सुरु भएको छ । बुधबार विहान पौखेलको पीपलचौतारीबाट चन्द्रबिनायक गणेश मन्दिर हुंदै डोलेश्वर मन्दिर परिसरसम्म कलश यात्रा सम्पन्न भएको हो ।

सूर्यबिनायक नगरपालिका वडा नं. ८ मा अबस्थित उक्त मन्दिरमा बुधबारदेखि सञ्चालन भएको मेला भदौ ६ गतेसम्म नियमित रुपमा चल्ने केदारनाथको शिर डोलेश्वर महादेब संरक्षण तथा विकास समितिका कोषाध्यक्ष मोहन बल्लले जानकारी दिए ।

३८ दिने मेलाको लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनहरुको सहजताका लागि लाईनमा कुपन प्रणालीको व्यवस्थाका साथै ट्राफिक, यातायात, स्वास्थ्य शिविर, खानेपानी लगायतको बन्दोबस्ती मिलाएको उनले बताए । मेलामा श्रावण २ गतेदेखि ५ गतेसम्म श्रीकृष्ण कथामृत, श्रावण ६ गतेदेखि १२ गतेसम्म रामायण कथा, श्रावण १३ गतेदेखि १९ गतेसम्म श्रीमद् भागवत, श्रावण २० गतेदेखि ३० गतेसम्म शिव महापुराण, श्रावण ३१ गतेदेखि भाद्र ६ गतेसम्म नेपाल महात्म्य र भाद्र ६ गते श्रावणी मेलाको समापन हुने समितिले जनाएको छ ।

कलशयात्रापछि मन्दिर परिसरमा आयोजित एक कार्यक्रमकाबीच श्रावणी मेलाको स्वामी चुडामणि महाराजले औपचारीक रुपमा उद्घाटन गरे ।
उक्त कार्यक्रममा प्रदेश नं ३ का प्रदेश सांसद शशिजंग थापा, सुर्यविनायक नगरपालिकाका नगर–प्रमुख बासुदेव थापा, जिल्ला समन्वय समितिका उपसंयोजक सरिता कुँवर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सभापति पुस्करराज बुढाथोकी, रफत सञ्चार क्लवका अध्यक्ष सुशिलबन्धु थापालगायतको सहभागिता रहेको थियो ।

साउन १ गतेदेखि शुरु भएको उक्त श्रावणी मेलामा २ करोड आर्थिक संकलन गर्ने लक्ष्य रहेको समितिले जनाएको छ ।

२०७६ साउन १ गते प्रकाशित

वि.सं.२०७६ साउन २ बिहीवार ०८:१० मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...