काठमाडौं । हिमालयन बैंक लिमिटेडले आज बिहीबारदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रका इकाई निश्कासन गरेको छ । यसमध्ये १२ लाख युनिट सर्वसाधारणका लागि खुला भएको छ । सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याइएको छ । यस आधारमा सामूहिक लगानी कोषहरुले ६० हजार युनिट पाउनेछन् । बाँकी १८ लाख युनिट भने बैंकले आफ्नै पहलमा अन्य संघ संस्थालाई बेच्नेछ । यस ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइनेछ ।
हिमालयन बैंकको सबै शाखा र सी–आस्वाको माध्यमबाट यसमा आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटबाट फारम प्राप्त गरी आवेदन बुझाउन पनि सकिनेछ । बैंकले प्रतियुनिट १ हजार रुपैयाँ दरमा ऋणपत्र बिक्री गर्न लागेको होे । यो ऋणपत्रमा छिटोमा साउन ६ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने साउन ३१ गतेसम्म भर्न सकिनेछ ।
२०७६ साउन २ गते प्रकाशित
वि.सं.२०७६ साउन २ बिहीवार ११:१८ मा प्रकाशित