back
NMB ad

सिद्धार्थ बैंकको आब्हान पत्र सार्वजनिक, एक अर्ब ४० करोडको म्युचुअल फण्ड बिक्रिमा

Kumari bank ad

काठमाडौं । सिद्धार्थ बैंकले आब्हान पत्र सार्वजनिक गरेको छ । एक अर्ब ४० करोड रुपैयाँको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को १४ करोड ईकाई बिक्रीमा ल्याउन आब्हान पत्र सार्वजनिक गरेको हो ।

सो ईकाई साउन २३ गतेदेखि बिक्रिमा ल्याइने बैंकले जनाएको छ । सर्बसाधारणले १०० देखि एक करोड ४० लाख ईकाईसम्म खरिद आबेदन दिनसक्ने यो म्युचुअल फण्ड प्रति ईकाई १० रुपैयाँको रहेको छ । सिद्धार्थ बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ को समयावधि समाप्त भएपछि त्यसको दोस्रो संस्करण स्वरुप यो इकाइ सार्वजनिक गरेको हो ।

यो नयाँ योजनाबाट संकलित रकम पूँजी बजारमै परिचालन गर्ने योजनामा रहेको यस बैंकले यसअघि तीन वटा म्युचुअल फण्डहरु मार्फत पूँजी संकलन गरेर दुई वटाको योजना अवधि समाप्त गरिसकेको छ । साथै बैंकको आब्हान पत्रमा उल्लेख भएअनुसार यसमा लगानी गर्दा बार्षिक रुपमा प्रतिफल पाईने र ईकाई बिक्रीमा करकट्टी गर्नु नपर्ने समेत कानुनी ब्यवस्था रहेको छ।

यस अघि समयावधि समाप्त भएका दुई वटा म्युचुअल फण्डहरुमा ईकाईधनीलाई सिद्धार्थले राम्रो प्रतिफल दिएकोले चौथो ईकाईमा सर्बसाधारणको उल्लेख्य रुपमा आकर्षण रहने आशा बैंकले गरेको छ ।

२०७६ साउन ७ गते प्रकाशित

वि.सं.२०७६ साउन ७ मंगलवार ११:१३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...