back
NMB ad

ग्रामीण विकास लघुवित्तको, निकै कम मुल्यमा ५.८२ लाख कित्ता शेयर बुधबारदेखि लिलामीमा

Kumari bank ad

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले हालै आफ्नो चुक्त पुँजी ६५ करोड ५० लाखको ५०५ अर्थात ३२ करोड ७५ लाख मूल्यबराबरको हकप्रद सेयर निष्कासन गरेको थियो । जसमध्ये नबिकेको ५ लाख ८२ हजार ८४४ कित्ता सेयर भोलि बुधबारदेखि लिलामीमा राख्ने भएको छ । संस्थाले रु. १०० अंकित ३२ लाख ७५ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेकोमा जम्मा २६ लाख ९२ हजार १५६ कित्ता सेयरका लागि ५० हजार २८७ वटा आवेदन परेको थियो । यो कुल निष्काशित हकप्रद सेयरको ८२.२१५ हुन आउँछ ।

संस्थाले नबिकेको १७.७९५ हकप्रद सेयर लिलामीमा राख्न लागेको हो । जसमा संस्थापक समूहतर्फको ३ लाख ९२ हजार ३९३ कित्ता र सर्वसाधारण समूहतर्फ १ लाख ९० हजार ४५१ कित्ता लिलामीमा राखिने छ । लगानीकर्ताले साउन १५ गतेसम्म न्यूनतम रु १०० वा सोभन्दामाथि दररेट कायम गरी गोप्य शिलबन्दी पेस गर्नुपर्ने छ । सेयरको बिक्री प्रवद्र्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले एनआईबीएल एस क्यापिटलको लाजिम्पाटस्थित कार्यालय तथा शाखा कार्यालयहरु लालदरबार काठमाडौँ, लेगनलेख ललितपुर, चिप्लेढुंगा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर वीरगन्ज र गोल्छाचोक विराटनगरमा तथा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरु नारायणगढ, हेटौँडा, बिर्तामोड, जनकपुर, तुलसीपुर, दाङ, सुर्खेत, नेपालगन्ज र धनगढीमा तथा ग्रिन डेभपलपमेन्ट बैंक लिमिटेड बागलुङमा बोलपत्र आवेदन दिन सक्नेछन् ।

संस्थाले आर्थिक वर्ष २०७५/७६ को तेश्रो त्रैमाससम्म १६ करोड ४४ लाख खूद नाफा आर्जन गरेको छ । यो लिलामीसहित कुल हकप्रद सेयर बिक्रीसँगै संस्थाको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

२०७६ साउन ७ गते प्रकाशित

वि.सं.२०७६ साउन ७ मंगलवार १२:०५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...