काठमाडौं । आज बुधबार नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति ल्याउने सम्भावना रहेकोछ। बिहान देखि मौद्रिक नीतिको मस्यौदामाथि छलफल गर्नका लागि राष्ट्र बैंक संचालक समितिको बैठक चल्दैछ।
राष्ट्र बैंकका प्रबक्ता लक्ष्मीप्रपन्न निरौलाले राष्ट्र बैंक संचालक समितिको बैठक आज विहान बस्ने तर मौद्रिक नीति भने आजै आउँछ वा आउँदैन यकिनका साथ भन्न नसकिने बताएका छन् । राष्ट्र बैंक अनुसन्धान विभागले तयार पारेको नयाँ मौद्रिक नीति माथि यसअघि मस्यौदा ब्यवस्थापन समितिमा छलफल भइसकेको छ ।
यस मौद्रिक नीतिलाईलाई संचालक समितिले पारित गरेमा आजै नीति सार्वजनिक हुने संभावना रहेकोछ । मस्यौदामा अर्थ मन्त्रालयका सचिव राजन खनालले कुनै कैफियत औल्याएर त्यसमा सुधार गर्नुपर्ने भएमा मौद्रिक नीति सार्वजनिक हुन समय लम्बिएर भोलि अर्थात् बिहिबार सम्म पुग्नसक्ने स्रोतले जनाएको छ ।
२०७६ साउन ८ गते प्रकाशित
वि.सं.२०७६ साउन ८ बुधवार १०:४२ मा प्रकाशित