back
NMB ad

आज दिउँसो ४ बजे मौद्रिक नीति सार्वजनिक हुने

Kumari bank ad

काठमाडौं । आज (बुधबार) बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीतिलाई अनुमोदन गरेको छ । अनुमोदन पश्चात् आजै मौद्रिक नीति सार्वजनिक गर्न लागिएको छ । आज दिउँसो ४ बजे होटेल र्याडिसनमा मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम तय भएको बताइएकोछ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मौद्रिक नीति सार्वजनिक गर्ने गरी कार्यक्रम तय भएको बताइएको छ ।
ठूला बैंक मर्जरको विषयलाई लिएर यसअघि मतभिन्नता देखिएको थियो । यद्यपि फोर्स मर्जरको नीति भने नआउने बताइएको छ ।

मर्ज तथा एक्विजिसनमा जाने वित्तीय संस्थालाई विभिन्न छुटका प्रस्ताव आउन सक्ने केन्द्रीय बैंक स्रोतहरुले जनाएका छन् । बजेटले लिएका लक्ष्य र उद्देश्य मौद्रिक नीतिले पूरा गर्नुपर्ने हुन्छ । सोहि अनुरुप ८.५५ को आर्थिक वृद्धि लक्ष्यलाई पूरा गर्ने गरी नीति आउनेछ उत्पादनमूलक क्षेत्रमा जाने कर्जामा थप विस्तार, आयात निरुत्साहित लगायतका नियमित कार्यक्रमले यसपटक पनि निरन्तरता पाउनेछन् । साथै बढ्दो ब्यापार घाटा तथा उच्च शोधनान्तर घाटालाई ट्रयाकमा ल्याउने गरी नीति सार्वजनिक हुने बताइएको छ ।

२०७६ साउन ८ गते प्रकाशित

वि.सं.२०७६ साउन ८ बुधवार १२:५६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...