back
NMB ad

भारतको शैक्षिक संस्था बिएमयूद्धारा नेपाली विद्यार्थीका लागि पाँचौं भर्ना समारोहको आयोजना

Kumari bank ad

काठमाडौं । भारतको एक प्रतिष्ठित शैक्षिक संस्था, बिएमएल मुन्जल विश्वविद्यालय (बिएमयू), हिरो ग्रुपको विश्वविद्यालयले आज नेपाली विद्यार्थीका लागि पाँचौं भर्ना समारोहको आयोजना गरेको छ । बिएमयूले सन् २०१४ देखि नेपाली विद्यार्थीहरु भर्ती गर्दै आइरहेको छ । यस कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरु आफ्नो अभिभावक र शिक्षकहरुसँग भ्रमण गर्ने अपेक्षा गरेको छ । सन् २०१९ का लागि “द राइज अफ इन्डिस्ट्री ४.०– एक शिक्षा जसले युवाहरुलाई भविष्यको कामका लागी तयारी गर्दछ” भन्ने नारा रहेको छ ।

बिएमएल मुन्जल विश्वविद्यालयका भाइस चान्सलर डा. मनोज अरोडाले विश्वविद्यालय र त्यहाँको शिक्षाको बारेमा आफ्नो धारणा राख्नुभएको थियो । नेपाली विद्यार्थीहरुका लागि भर्ना गर्ने प्रकृया र छात्रवृत्तिका विषयमा बिएमएल मुन्जल विश्वविद्यालयका निर्देशक अमित शर्माले जानकारी गराएका थिए । यस कार्यक्रमले नेपाली विद्यार्थीहरुलाई भारतमा उच्च शिक्षा हासिल गर्नका लागि गेटवेको काम गरेको कार्यक्रममा बताइएको थियो । बिएमएल मुन्जल विश्वविद्यालय पूर्ण रेजिडेन्सल तथा सह–शैक्षिक निजी विश्वविद्यालय हो जुन भारतको नयाँ दिल्ली नजिकै गुडगावमा अवस्थीत छ । विश्वविद्यालयले भारतमा अभिनव शिक्षण, अध्ययन र अनुसन्धानको वातावरण स्थापना गरेको छ । क्याम्पसको स्टेट–अफ–आर्ट प्रयोगशाला र वर्कशपले विद्यार्थीहरुलाई सामाजिक समस्याहरुको वास्तविक समाधानहरु खोज्न मात्र सहयोग नगरेर देश तथा विदेशका उच्च स्तरीय अनुसन्धानकर्तालाई बिएमयूमा आउन प्रत्सोहान गरेको छ । सीमेन्स, सेल, आईबीएम, इन्टेलल्याण्ड हिरो मोटर कर्पोरेसनको साझेदारीमा भएका प्रयोगशालाहरु उल्लेखनीय रहेको बताइएको छ ।

डा. मनोज अरोडाले बिएमयूमा नेपाली विद्यार्थीहरुको प्रभावशाली उपलब्धी र विदेशी विश्वविद्यालयहरुसँग सहकार्य गरेर कसरी विद्यार्थीहरुलाई भारतमा उच्च शिक्षाको पहुँच कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा जानकारी गराएका थिए । बिएमएल मुन्जल विश्वविद्यालयका भाइस चान्सलर डा. मनोज अरोडाले भने , “अन्तर्राष्ट्रिय बेन्चमार्कको शिक्षा र सीप प्रदान गर्नका लागि बिएमयूमा विश्वभरका विविध समुदायका विद्यार्थीहरु रहेका छन् । हामीले बिएमयूका विद्यार्थीहरुलाई उद्योग तयारी व्यक्तित्वहरु बनाउँछौं जो स्नातकको पहिलो दिनदेखि नै नेतृत्वदयी जिम्मेवारी समाल्न योग्य हुनेछन् । बिएमयू नेपाली विद्यार्थीहरुको भाईचारादेखि निकै प्रसन्न छ । हाम्रो नेपाली विद्यार्थीहरुले निकै राम्रो गरिरहेका छन्, एक जना नेपालमा सफल उद्यमी भइसकेका छन् भने अर्को एक जना अमेरिकी आधारित भारतको डिल्लमा रहेको एमएनसीमा सफल डेटा एनालिस्ट भइसकेका छन् ।”

विश्वविद्यालयको अनुभवमा आधारित अध्ययन मोडल रहेको छ जसले विद्यार्थीहरुलाई भविष्यमा नेतृत्व गर्न योग्य हुने गरि रुपान्तरण गर्ने उद्देश्य लिएको छ । यस मोडलमा, मुख्य कम्पनीका इन्डिस्ट्री लिडरहरु संकायका हिस्सा रहेका छन् जसले विद्यार्थीहरुलाई वर्तमान रियल लाइफ केश स्टडीहरु प्रयोग गरेर बिजनेस म्यानेजमेटको भिन्नताहरु सिकाउछन् । विद्यार्थीहरु व्यावहारिक कार्य समस्याहरुमा काम गर्दै, एकसाथ ज्ञान र अनुभव विस्तार गरेर उद्योगका लागि तयार बनाइन्छ ।

शैक्षिक वर्ष २०१९–२०२० देखि बिएमयूले ८ वटा स्नातक पाठयक्रमहरु थपेको छ जसअन्तर्गत बिएससी (हन्स), अर्थशास्त्र, बिज्नेस एनालिक्टसमा बिबिए, बिबिए–एलएलबी र बीए–एलएलबी रहेका छन् । विश्वविद्यालयले बी टेक पाठयक्रमहरुमा पनि विशेषज्ञता संचालन गरेको छ जसमा मेकानिकल इन्जिनियरिङमा अटोमोबाइल इन्जिनियरिङ र रोबोटिक्स तथा अटोमेसनमा विशेषज्ञता, सिभिल इन्जिनियरिङमा कनस्ट्रक्सन म्यानेजमेन्ट र स्मार्ट सिटी तथा सस्टेनेवल म्यानेजमेन्टमा विशेषज्ञता, इलेक्ट्रोनिक्स तथा कम्यूनिकेसन इन्जिनियरिङमा इन्टरनेट अफ थिङमा विशेषज्ञता र कम्प्यूटर साइन्स तथा इन्जिनियरिङमा साइबर सेक्यूरिटी तथा डेटा साइन्स तथा आर्टीफिस्यल इन्टिलिजेन्समा विशेषज्ञता प्रदान गर्ने पनि बताइएको छ ।

 

२०७६ साउन १२ गते प्रकाशित

वि.सं.२०७६ साउन १२ आइतवार १०:४९ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...