back
NMB ad

शेयर बजार, लगानी कर्ता र हालको अवस्था

Kumari bank ad

काठमाडौं ।

तिलक कोइराला । 
केही दिन अघि एक जना शेयर लगानीकर्ताले अनलाईन मिडियालाई अन्तर्वार्ता दिदै भनेका थिए, मैले शेयर बजारमा तीन करोड रुपैयाँ लगानी गरेको थिएँ, त्यो घटेर अहिले एक करोड जति मात्रै बाँकी छ ।

ती लगानीकर्ता अहिलेको शेयर बजारका आक्रोशित प्रतिनिधि पात्र हुन् । यस्ता कयौं उदाहरणहरु छन्, जसले शेयर बजारमा माग र आपुर्तिको सन्तुलन नहुँदा करोडौ गुमाए । कतिपयले आफ्नो घर धितो राखेर कर्जा निकाली शेयर बजारमा लगानी गरेका थिए, आज उनीसँग न घर छ, न त भएको शेयर बेच्दा नै घर आउँछ ।

सरकार र नियमनकारी निकायहरुले शेयरको आपुर्ति मात्रै बढाउँने तर माग बढाउँँने रणनीतिक कामहरु एउटा पनि नगर्ने, आक्रोशबाट बच्न झारा टार्ने काम गर्दै आएको हुँदा शेयर बजार विस्तार हुँन सकेन र तीन चार बर्ष यता शेयर बजारमा लगानी गर्ने प्राय सबैले गुमाए । कतिपयले लगानीको ९० प्रतिशत गुमाए भने ५० प्रतिशत गुमाउँने धेरै छन् । जसले जति धेरै गुमाएको छ, उसमा त्यति नै धेरै आक्रोश र पीडा छ । ती आक्रोशित लगानीकर्ताहरु अहिले भौतिक आक्रमणको मनस्थितिमा पनि पुग्न थालेका छन्, आक्रोशको घानमा जो पनि पर्नसक्छ । शेयर बजारका एक जना लगानीकर्ताले सामाजिक संजालमा भनिसकेका छन्, – आफ्नो टाउको फुटेपछि मितको टाउको बेलैसरी । त्यो आक्रमण मै माथि पनि हुनसक्छ वा नियमनकारी निकायका कुनै पदाधिकारी वा लगानीकर्ताका नेता वा बिश्लेषक जो पनि घानमा पर्नसक्छ । यसो हुनुको कारण बजार घटाईको समय लामो हुनु र बजार सुधार तथा बिस्तारका कामहरु नहुनु नै हो ।

शेयरको मूल्य बढोस र आफुले खानु परेको घाटा पुर्ति गरेर फाईदामा जान सकियोस, सावाँ उठाएर बाहिर निस्कन सकियोस भन्ने सर्बसाधारण लगानीकर्ताहरुको सोचाई एकदम जायज छ । कतिपय लगानीकर्ताहरु चार बर्षदेखिको कर्जाको ब्याज तिर्दा, मार्जिन बुझाउँदा र ब्यवहार मिलाउँदा मिलाउँदै जोगी नै भईसकेका छन् । कतिपयसँग त कर्जाको सावाँ र ब्याज बुझाएर बाहिर निस्कदा उल्टै धान्न नसकिने कर्जा बाँकी रहने अबस्था छ । खासगरी बीमा, लघुवित्त र जलविद्युत कम्पनीका शेयर मात्रै धारणा गर्नेहरुमा तनाव बढी छ र कर्जाको भारी बढी छ । सानाले त आक्रोश मात्रै बाहिर ब्यक्त गरेका छन्, ठूला लगानीकर्ताको झन् बेहाल छ, जो कर्जामा चलेका थिए । घटाईको समय लामो समय रहनुले आक्रोश र अराजकता निम्तिदै छ ।

शेयर बजारमा लगातारको गिरावटले यस्ता आक्रोशहरु उत्पन्न हुनु स्वभाविक हो । बजार सुधार र बिस्तारका रणनीतिक कामहरु गरेर बजारमा शेयरको माग बढाउँने ठोस काम नहुँदा शेयर बजारका दीर्घकालीन लगानीकर्ताहरु हदैसम्म आक्रोशित हुन् । यो बुझेर सरकार र नियमनकारी निकायहरुले रातारात सुधारको काम गर्नुपर्ने थियो, अझै त्यो गंभीरता कतैै पनि पाईएको छैन । सरकारी निकायहरु समस्या समाधान गर्नुको सट्टा झन् नयाँ नयाँ समस्याहरु खडा गरेर लगानीकर्ताहरुलाई आक्रोशित बनाईरहेका छन् ।

शेयर बजार बढिदेओस, शेयरको मूल्य माथि गएर फाईदा गरेर बेच्न पाईओस् भन्ने मनोगत चाहनाले मात्रै केही हुन्न । जबसम्म हामीले शेयर बजारमा माग पक्षलाई बलियो बनाउँन सक्दैनौ, तबसम्म हामीलाई फाईदा हुनेगरी शेयरको मूल्य बढ्न सक्दैन । कुनै बहानाबाजी र हल्लाले केही मूल्य बढ्ला तर ठूलो मात्रामा बढ्नका लागि माग पक्ष नै धेरै बलियो भएर आउनुपर्छ । अहिले बजारमा फाट्ट फुट्ट रुपमा छिरेका नयाँ ब्यक्तिगत लगानीकर्ताले मात्रै आपुर्ति थेग्न सक्ने अबस्था नै छैन । करोडको दरमा माग आईरहेको छ भने आपुर्ति अर्बौको दरमा भईरहेको छ । चार बर्ष अघि बजार पूँजीकरण २१ खर्ब हाराहारीमा थियो तर त्यस यता थपिएका सात खर्बको शेयर जोड्दा पनि बजार पूँजीकरण १५ खर्ब नाघ्न सकेको छैन भने शेयर बजारका लगानीकर्ताले कति खर्ब गुमाए भनेर धेरै हिसाब गर्नै पर्दैन ।

तत्काल ठूला खाले संस्थागत लगानीकर्ता बजारमा नछिराउने हो भने शेयर बजारका सर्बसाधारण लगानीकर्ताले अरु धेरै गुमाउँने छन् । अर्बौ लगानी क्षमता भएका नागरिक लगानी कोष, कर्मचारी संचय कोष जस्ता संस्थाहरुलाई मार्केट मेकर र डिलरशीपको रुपमा ल्याउने, गैरआवासीय नेपाली र विदेशी संस्थागत लगानीकर्तालाई ढोका खोल्ने जस्ता धेरै रणनीतिक कामहरु नहुँदा माग पक्षलाई बलियो बनाउँने कामहरु अनिश्चित बनेका छन् ।

यस्तो जटिल अवस्था हुँदाहुँदै पनि सर्बसाधारण लगानीकर्ताहरु निराशा बरु बढाएर हैन, आशावादी भएर परिस्थितिको सामना गर्नैपर्छ । कसैलाई कसैप्रति रीस उठेको छ र उसलाई ठोक भन्दैमा पूँजी बजारको समस्या समाधान हुँदैन । कोही कुनै दुलोमा बसेर छिर्के दाउँ हान्दैमा हामीले आम सर्बसाधारण लगानीकर्ताको लगानी सुरक्षित गर्न सक्देनौ । आफुले धारण गरेको केही कित्ता शेयरको भाउ बढ्यो वा घट्यो भन्ने कुरामा अल्झिएर हैन पुरै शेयर बजारलाई हामीले कसरी सुधार र बिकास गर्न खोजेको हो भन्ने कुरा यकिन गरेर एकताबद्ध भई बजार बिस्तार र सुधारका लागि अगाडि बढ्नु परेको छ । सामाजिक संजालमा कसैलाई गाली गरेर र रीस उठेको ब्यक्तिलाई दुई मुक्का हानेर अहिलेको शेयर बजारको समस्या समाधान हुँन सक्दैन । (साभारः मेरो लगानी)

२०७६ साउन १३ गते प्रकाशित

वि.सं.२०७६ साउन १३ सोमवार १०:४१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...