back
NMB ad

बन्दको अवज्ञा गरेको भन्दै विप्लव समूहका कार्यकर्ताद्धारा गाडीमा आगजनी

Kumari bank ad

काठमाडौं । विप्लब समुहले गरेको बन्दको कुरासँगै मकवानपुरमा गाडीमा आगजनी भएको छ ।

आज गएराति हेटौंडा–नारायणगढ सडकखण्ड अन्तर्गत पर्ने मनहरी–९, ज्यामिरेमा बा ५ ख १७३९ नम्बरको ट्रक र मकवानपुरकै फाखेल–हुमाने भञ्ज्याङ्ग सडक खण्डमा बा १४ च ८२३४ नम्बरको कारमा आगजनी गरिएको हो । बन्दको अवज्ञा गरेको भन्दै विप्लव समूहका कार्यकर्ताले गाडीमा आगजनी गरेका हन् । आगजनीका कारण कार पूर्ण रूपमा जलेर क्षति भएको र ट्रकको अगाडिको भाग जलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसका साथै आज हेटौंडाका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेको खबर छ । हेटौंडाको मुख्य बजारको पारिजात पथका साथै हेटौंडाका चौकीटोल, थानाभर्याङ, हुप्राचौरको क्विक २० नजिकै फेला परेको शंकास्पद वस्तु सेनाको टोलीले निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका इञ्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको विरोधमा विप्लव समूहले आज बुधबार बागमती र नारायणी अञ्चलका साथै रामेछाप र दोलखा जिल्ला बन्द आह्वान गरेको हो ।

 

२०७६ साउन १५ गते प्रकाशित

वि.सं.२०७६ साउन १५ बुधवार ११:१८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...