back
NMB ad

इटहरी अस्पतालमा २४ घण्टे आकस्मिक सेवा सुरु

Kumari bank ad

इटहरी । इटहरी अस्पतालमा २४ घण्टे आकस्मिक (इमरजेन्सी) सेवा सुरु भएको छ ।

सामाजिक विकास मन्त्री जिवन घिमिरेले आकस्मिक सेवाको उदघाटन गर्नुभयो । उदघाटन समारोहलाई सम्वोधन गर्दै मन्त्री घिमिरेले इटहरी,इटहरी आसपास र पहाडी जिल्लाका वासिन्दालाई पनि सेवा लिन इटहरी अस्पताल उपयुक्त हुने वताउनुभयो । उहाँले इटहरी अस्पतालको स्तरोन्तीका लागि प्रदेश सरकारको चासो र सरोकार रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो । 

कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश सांसद लिलम वस्नेत,संविधानसभाकी सांसद अनिता परियार, इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम,नेपाली काँग्रेस इटहरी सभापति हेमकर्ण पौडेल,वडाध्यक्ष भुपेन्द्र वराल लगायतले शुभकामना ब्यक्त गर्नुभयो । कार्यक्रमको अध्यक्ष रहेका इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरीको विकास र सम्वृद्धिले केहि समयमै नयाँ उचाई लिने दावी गर्नुभयो । कार्यक्रममा इटहरी अस्पतालकी प्रमुख डा रोमी यादवले इटहरी अस्पतालवाट गत बर्ष ३७ हजार २९ जनाले सेवा लिएको जानकारी दिनुभयो ।

२०२४ सालमा स्वास्थ्य चौकीका रुपमा स्थापना भई ५३ सालदेखि प्राथमिक स्वास्थ्य केन्द्र र २०७५ साल साउन १ गते देखि इटहरी अस्पतालमा रुपान्तरण भएको हो । १५ सैयाको अस्पताललाई सुविधा सम्पन्न ट्रमा सेन्टर सहित ५० सैयाको अस्पताल वनाउने इटहरी उपमहानगरले लक्ष्य राखेको छ ।

 

२०७६ साउन १५ गते प्रकाशित

वि.सं.२०७६ साउन १५ बुधवार १३:१० मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...