back
NMB ad

आइतबार जिपिएस रेडियो कलर जडान गरिएको हात्ति बुधबार मृत फेला पर्यो, धार्मिक विधि अनुसार अन्त्यष्टि गरिने

Kumari bank ad

महोत्तरी । आज महोत्तरीको वनक्षेत्रमा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । जिल्लाको गौशाला नगरपालिकाको लक्ष्मीनियाँमा पर्ने सागरनाथ वन विकास परियोजनाको प्लट नं १४ ‘बी’मा भाले हात्ती मृत फेला परेको हो ।

पूर्वपश्चिम राजमार्गको लक्ष्मीनियाँ चोकबाट दक्षिणतर्फ जाने लक्ष्मीनियाँ–भरतपुर–सुन्दरपुर सडकको ढोलन खोला पुल नजिकैको वनमा मृत हात्ति फेला परेको बनमा घाँस दाउराका लागि गएका स्थानीयले स्थानीय प्रहरीलाई जानकारी गराएका थिए ।

उक्त हात्तीलाई गत आइतबार सर्लाहीको श्रीनगर वन क्षेत्रमा उसको गतिविधि थाहा पाउन पर्सा राष्ट्रिय निकुञ्जले जिपिएस रेडियो कलर जडान गरेको थियो ।

स्थानीयवासीले जङ्गली हात्तीले बालीनाली नोक्सान गर्दै आएको गुनासो गर्दै आएका डिभिजन वन कार्यालय जलेश्वरका प्रमुख हेमन्तप्रकाश साहले बताएका छन् । यसैबिच हात्तिको मृत्यु कसरी भन्ने बारे अनुसन्धान भइरहेको उनले बताएका छन् । मृत्यूको कारण पत्ता लगाएसँगै प्रचलित धार्मिक विधि अनुसार हात्तीको अन्त्येष्टि गरिने बताइएको छ ।

 

२०७६ साउन १५ गते प्रकाशित

वि.सं.२०७६ साउन १५ बुधवार १३:५९ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...