back
NMB ad

नवनियुक्त मन्त्री भट्टराईद्वारा बल्खु र पेरिसडाँडा पुगेर शहीदप्रति माल्यार्पण

Kumari bank ad

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका छन् ।

मन्त्री भएलगत्तै आज बिहान तत्कालीन नेकपा (एमाले) को पुरानो पार्टी कार्यालय मदननगर बल्खु पुगेर उनले भण्डारीको सालिकमा फूलमाला चढाएर माल्यापर्ण गरेका हुन् ।

बल्खुपछि मन्त्री भटृराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पेरिस डाँडास्थित पार्टी कार्यालयमा शहीद तथा बेपत्ता व्यक्तिको स्मरणमा बनाइएको शहीद तथा बेपत्ता योेद्धा स्तम्भमा समेत माल्यापर्ण गर्दै शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

शहीदको बलिदानबाटै अहिले हामी यो अवस्थामा आइपुग्न सफल भएको बताउँदै उनले नेपाल वायुसेवा निगमको साखलाई उचाइमा पुर्याउने र निर्माणाधीन पोखरा, बारा तथा लुम्बिनी अन्तरराष्ट्रिय विमानस्थललाई निर्धारित समयभन्दा चाँडै नै बनाइने समेत बताए ।

बुधबार पर्यटनमन्त्रीमा नियुक्त भएपछि मन्त्री भट्टराई लैनचौरस्थित शहीद स्तम्भ पुगेर श्रद्धाञ्जलि अर्पण गरेका थिए । रासस

२०७६ साउन १६ गते प्रकाशित

वि.सं.२०७६ साउन १६ बिहीवार १४:१० मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...