कुमारी बैंकको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, खुद नाफा २८.०४ प्रतिशत

काठमाडौं । कुमारी बैंकले अघिल्लो वर्षको तुलनामा २८.०४ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासिक वित्तीय विवरणमा उल्लेख गरिएको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्म १ अर्ब ३३ करोड ४० लाख रुपैयाँ आर्जन गरेको थियो भने गत वर्ष यसै अवधिमा बैंकले १ अर्ब ४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद ब्याज आम्दानी ४८.५५प्रतिशतले बढाएर ३ अर्ब १ करोड ९४ लाख रुपैयाँ पुर्याएको छ ।
साथै बैंकको सञ्चालन नाफा ४२.६५ प्रतिशतले बढेर १ अर्ब ९२ करोड ४७ लाख रुपैयाँ, रिजर्भ १९.७७ प्रतिशतले बढाएर २ अर्ब १४ करोड ९७ लाख रुपैयाँ जम्मा गरेको छ ।

रिटेन्ड अर्निङ ३६.०२ प्रतिशतले घटेर ९७ करोड ७४ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दनी ०.८२ रुपैयाँ बढेर १५ रुपैयाँ ३६ पैसा, नेटवर्थ १३६ रुपैयाँ ६४ पैसा छ ।

२०७६ साउन २० गते प्रकाशित

२०७६ साउन २० गते ०८:०७ मा प्रकाशित

You can share this post!

सिटी एक्सप्रेसका महाप्रवन्धक कोइरालाको राजीनामा, अव के गर्छन त कोइराला ?

६ लाख ४४ हजार घर पुनर्निर्माण प्रक्रियामा

Related posts