काठमाडौं । २०७२ वैशाख १२ र त्यसपछिका परकम्पबाट प्रभावित चार लाख २४ हजार नौ सय ७७ लाभग्राहीले सरकारी अनुदान लिइ घर निर्माण गरेका छन । थप दुई लाख १४ हजार तीन सय १४ घर पुनर्निर्माण भइरहेका छन ।
पुनर्निर्माण सम्पन्न भई सकेका र निर्माणाधीन सहित कुल ६ लाख ४४ हजार दुई सय ९१ घर पुनर्निर्माण प्रक्रियामा छन । पुनर्निर्माण गर्नुपर्ने घरको संख्याको ८३ प्रतिशत हो । अनुदान सम्झौता गरेका लाभग्राहीको संख्या सात लाख ७३ हजार दुई सय ४३ छ । चालु आर्थिक वर्षिभत्रै निजी आवास पुनर्निर्माणको मुख्य काम सम्पन्न हुने राष्ट्रिय पुननिर्माण प्राधिकरणले बताएको छ ।
प्राधिकरणका सार अनुदान सम्झौता गरेकामध्ये सात लाख ६५ हजार दुई २१ ले पहिलो किस्ता बुझेका छन भने पाँच लाख ९९ हजार चार सय ३९ ले दोस्रो किस्ता बुझिसकेका छन । तेस्रो किस्ता बुझ्ने लाभग्राहीको संख्या चार लाख ७४ हजार एक सय १९ छ ।
पुनर्निर्माण भएका घरमध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ६७ हजार आठ सय ३४ , नुवाकोटमा ५२ हजार ६ सय १३ , धादिङमा ४८ हजार ४ सय ५४, दोलखामा ४४ हजार ५ सय ३३ र गोरखामा ४४ हजार २ सय ३१ घर पुनर्निर्माण भइसकेका छन । कम प्रभावित जिल्लामा पनि निजी आवास पुनर्निर्माण सम्पन्न हुने गति बढेको छ । कम प्रभावित जिल्लामध्ये तनहुँमा सबैभन्दा धेरै १० हजार पाँच सय २५ घर पुनर्निर्माण भएका छन ।
२०७६ साउन २० गते प्रकाशित
वि.सं.२०७६ साउन २० सोमवार ०८:५० मा प्रकाशित