back
NMB ad

“छिट्टै कोरला नाका खुल्ने , यस्तो भयो प्रदेश सरकार र चिनियाँ टोलीविच छलफल”

Kumari bank ad

पोखारा । गण्डकी प्रदेशको समृद्धिको ढोकाका रूपमा लिइएको कोरला नाका खोल्नेबारे गण्डकी प्रदेश सरकार र चीन सरकारका प्रतिनिधिबीच छलफल भएको छ ।

प्रदेश सरकारका तर्फबाट सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र प्रध्यापक वाइ डयुङ लिउको नेतृत्वमा आएको चिनियाँ टोलीबीच नाका सञ्चालन विषयमा छलफल भएको हो ।चिनियाँ टोलीले कोराला नाका खोल्न सम्भावाना र प्रदेश सरकारको धारणा, नाका खुलेपछि हुने आर्थिक र धार्मिक गतिविधि वृद्धिको सम्भावनालगायत विषयमा विभिन्न चासो एंव जिज्ञासा राखेका थिए  ।

चिनियाँ टोलीलाई मन्त्री बस्नेतले कोरला नाका खोल्न प्रदेश सरकार तत्पर रहेको र यसका लागि संघ सरकारको अनुमति आवश्यक हुने भएकाले प्रदेश सरकारले निर्णय गरी अनुरोध पठाइसकेको जानकारी गराएका थिए । प्रदेश सरकारको तर्फबाट मन्त्री बस्नेतले नाका खोल्न सकिए व्यापारिक, धार्मिक र बहुपक्षीय रूपमा दुवै देशले फाइदा लिन सक्ने भन्दै चिनियाँ पक्षको ध्यानाकर्षण गराएका थिए । नाका सञ्चालनका लागि नेपाल सरकारले रुटमा पर्ने स्थानमा बाटोको ट्रर्याक बनाइसकेको र केही स्थानमा पुलसँगै केही काम बाँकी रहेकाले केही समयमै निर्माण कार्य सम्पन्न हुने जानकारी मन्त्री बस्नेतले गराएका गराउनुभएको थियो  ।

कोरला नाका दूरी तथा भौगोलिक हिसाबले लुम्बिनी र काठमाडौंसँग नजिक रहेकाले लुम्बिनीमा आउने धार्मिक पर्यटकका लागि सहज हुनेमा प्रदेश सरकारले जोड दिएको छ । साथै, राजधानी सहर काठमाडौं नजिक पर्ने भएकाले व्यापार व्यवसायका लागि पनि सहज हुनेमा मन्त्री बस्नेतको भनाइ थियो । नाका सञ्चालन सँगै दुई देशमा आर्थिक क्रियाकलापमा वृद्धि हुने भएको र यो गण्डकी प्रदेशको प्रगतिका लागि पनि महत्वपूर्ण हुने भएकाले चाँडोभन्दा चाँडो नाका सञ्चालनमा ल्याउन दुवै देशले तत्परता देखाउनुपर्ने भनाइ मन्त्री बस्नेतले राखेका थिए ।

चिनियाँ टोली प्रमुख लिउले छिटोभन्दा छिटो नाका खोल्न आफुहरू लागेको जानकारी दिँदै नाका सञ्चालनमा आए दुवै देशलाई फाइदा हुने बताएका थिए । नेपाली पक्ष सहमत भएमा चाँडै विस्तृत सम्भाव्यता अध्ययन गर्न आफूहरू तयार रहेको भन्दै नेपाल सरकारसमेत यसमा लाग्नुपर्ने उनको सुझाब थियो । आवश्यक सहयोग गर्न चीनसमेत तयार रहेको उनले जानकारी गराएका थिए  ।

२०७६ साउन २० गते प्रकाशित

वि.सं.२०७६ साउन २० सोमवार १३:०५ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...