back
NMB ad

बाढी पहिरोबाट काभ्रेपलाञ्चोकमा २ सय ६४ घर पूर्णरूपमा क्षति

Kumari bank ad

बनेपा । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक जिल्लामा दुई सय ६४ घर पूर्णरूपमा क्षति हुनुका साथै आठ सय ५० मिटर पक्की सडक क्षति भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका १३ स्थानीय तहमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलन गरी प्रदेश ३ सरकारसमक्ष पेश गरिएको समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताउनुभयो ।

अविरल वर्षाका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन सहायक प्रमुख जिल्ला अधिकारीले स्थानीय तहहरुलाई पत्राचार गरेको साढे दुई हप्ता बितिसकेको भए पनि अझै यथार्थ विवरण भने नबुझाएको बताउनुभयो । “अझै पनि केही स्थानीय तहबाहेक अझैसम्म पनि विवरण प्राप्त भएको छैन”, उहाँले भन्नुभयोे, “हामीले त्यसरी पत्राचार गर्दासमेत विवरण नबुझाएपछि जिल्ला समन्वय समितिमार्फत सो विवरण सङ्कलन गर्न अनुरोध गरेका छौँ ।”

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पछिल्लो अवस्थामा सङ्कलन गरेको विवरणमा अविरल वर्षाका कारण बनेपा नगरपालिकामा दुई र रोशी गाउँपालिकामा एक गरी तीनको मृत्यु भएको र दुई घाइते भएको उल्लेख छ । त्यस्तै घर पूर्णक्षति भएकामध्ये सबैभन्दा बढी महाभारत गाउँपालिकामा ४७, खानीखोला गाउँपालिकामा ४३ र सबैभन्दा कम धुलिखेल नगरपालिकामा एक घर पूर्णरूपमा क्षति भएको छ । त्यस्तै तेमाल गाउँपालिकामा ४१, रोशी गाउँपालिकामा ३०, पनौती नगरपालिकामा ३०, बेथानचोक गाउँपालिकामा २८, चौरीदेउराली गाउँपालिकामा ११ र नमोबुद्ध नगरपालिकामा १० घर पूर्णरूपमा क्षति भएको छ ।

जिल्लाभरिमा एक हजार २४१ घर आंशिक क्षति भएको विवरणमा उल्लेख छ । सबैभन्दा बढी रोशी गाउँपालिकामा ५००, नमोबुद्ध नगरपालिकामा १५०, चौरीदेउराली गाउँपालिकामा १००, बनेपा नगरपालिकामा १३० र महाभारत गाउँपालिकामा ९५ घरमा आंशिकरूपमा क्षति भएको छ । सबैभन्दा कम भूम्लु गाउँपालिकामा पाँच घरमा आंशिक क्षति भएको छ ।
जिल्लाभरीमा १८२ वटा गोठ पूर्णरूपमा र २६२ आंशिक क्षति भएको छ । सार्वजनिक संरचना (विद्यालय, स्वास्थ्य चौकी, सरकारी भवन) गरी ९४ भवनमा क्षति पुगेको जनाइएको छ ।

सडक सञ्जालमा विभिन्न स्थानीय तहका गरी ८५० मिटर पक्की सडक क्षति भएको छ । रोशी गाउँपालिकाको विपी राजमार्गका विभिन्न स्थानमा गरी २६० मिटर, धुलिखेल नगरपालिकामा ५२० मिटर, बनेपा नगरपालिकामा ३७ मिटर, पनौती नगरपालिकामा २० मिटर र पाँचखाल नगरपालिकामा १३ मिटर सडक बाढी पहिरोका कारण क्षति भएको जनाइएको छ ।

त्यस्तै कच्ची सडकतर्फ तेमाल गाउँपालिकामा सात किलोमिटर, महाभारत गाउँपालिकामा चार किलोमिटर, नमोबुद्ध नगरपालिकामा पाँच किलोमिटर र खानीखोला गाउँपालिकामा दुई किलोमिटर सडक क्षति भएको छ । अन्य गाउँपालिका र नगरपालिकामा गरी कुल ४३ किलोमिटर कच्ची सडक क्षति भएको जिल्ला विपत व्यवस्थापन समितिले जनाएको छ ।

वर्षाका कारण ४१ पशुचौपाय मरेका र १०६ घाइते भएको समितिले जनाएको छ । रासस

२०७६ साउन २० गते प्रकाशित

वि.सं.२०७६ साउन २० सोमवार १४:१२ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...