back
NMB ad

सरकारी विद्यालयमा आइटी ल्याव स्थापनाका लागि ३ अर्बको ठेक्का

Kumari bank ad

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा देशभरका झन्डै १ हजार सरकारी विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आईटी ल्याब) बनाउन ओसीबी कम्पनीलाई ठेक्का दिने भएको छ ।

प्राधिकरणले खोलेको टेन्डर प्रस्तावमा तीन कम्पनी उक्त ल्याब बनाउन इच्छुक देखिएका थिए, जसमा ओबीसीआई, म्याक्स, नेपा ज्वाइन्ट भेन्चरसहित आँखु इन्टरप्राइजेज प्रालि र वल्र्ड डिष्ट्रिब्युशन नेपाल थिए । दूरसञ्चार प्राधिकरणका अनुसार प्राधिकरणले ९ सय ३० विद्यालयमा प्रयोगशाला बनाउन ३ अर्ब ४७ करोड लगानी गर्ने भएको छ ।

प्राधिकरणले निकालेको टेन्डरबाट सबैभन्दा कम रकम कबोल गर्ने ओबीसीआई, म्याक्स, नेपा ज्वाइन्ट भेन्चरले ठेक्का पाउने भएको छ । ठेक्का पाउने कम्पनीलाई १५ दिनभित्र आशयपत्र बुझ्न बोलाइएको छ । छनोटमा परेको कम्पनीले प्रत्येक आईटी ल्याबमा करीब २४ ओटा कम्प्युटर र दुई सेट हार्ड डिस्क (एक्सर्टनल), प्रोजेक्टर, प्रिन्टर, सर्भिलेन्स सिस्टम, स्विच, राउटर र बत्ती नभएका स्थानमा सोलार सिस्टमसमेत जडान गर्नुपर्नेछ ।

सरकारी र सामुदायिक विद्यालयहरूमा विद्यालय स्तरबाटै आईटी विषय अध्यापन गराउने योजना अनुसार ल्याब बनाउन थालिएको प्राधिकरणले जनाएको छ ।छनोटमा परेको कम्पनीले टेन्डर पाएको ६ महीनाभित्र यो काम सम्पन्न गर्नुपर्नेछ ।
प्राधिकरणले सातओटै प्रदेशका सामुदायिक तथा सरकारी माध्यमिक विद्यालयमा आईटी ल्याब स्थापनाका लागि विद्यालयहरूको प्रस्ताव मागेको थियो । त्यसमध्ये ९ सय ३० विद्यालय छनोट भएका थिए ।

छनोट भएका विद्यालयमा आईसीटी इन एजुकेशन मास्टर प्लान रणनीती अन्तर्गत ई–लर्निङ, ई–स्कूल र ई–एजुकेशनका लागि आधार तयार पारिनेछ । त्यसअघि पनि प्राधिकरणले मन्त्रालयको वार्षिक कार्ययोजना अनुरुप सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र २ नम्बर प्रदेशकाका साथै दाङ, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी (सुस्ता पूर्व तथा सुस्ता पश्चिम) र सुनसरी जिल्लाका विद्यालयमा पनि आईटी ल्याब स्थापना गरेको थियो ।

उक्त प्रदेशका जिल्लाको प्रतिनिर्वाचन क्षेत्र कम्तीमा ६ र अन्य जिल्लाको प्रतिनिर्वाचन क्षेत्र कम्तीमा चार विद्यालयमा ल्याब स्थापना गरिएको थियो । बाँकी रहेका केही विद्यालयलाई अबको योजनामा गाभिएको प्राधिकरणले बताएको छ ।

२०७६ साउन २० गते प्रकाशित

वि.सं.२०७६ साउन २० सोमवार १४:४५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...