back
NMB ad

यातायात समितिको बैंकको रोकिएको रकम कम्पनीले चलाउन पाउने

Kumari bank ad

काठमाडौं । सरकारले दुई वर्षदेखि रोक्का गरेको यातायात समितिको बैंक खाताको रकम यातायात समितिबाट रूपान्तरित कम्पनीले चलाउन पाउने भएका छन ।

मन्त्रिपरिषद्को बैठकले १६ साउनमा गरेको निर्णयअनुसार यातायात समितिको बैंक खातामा रहेको रकम रूपान्तरित कम्पनीको खातामा सार्ने व्यवस्था गरेको हो । सरकारले यातायात क्षेत्रमा सिन्डिकेट सञ्चालन गरेको भन्दै ०७४ मा बैंक खाता रोक्का गरेको थियो ।

समितिको चल–अचल सम्पत्ति राष्ट्रियकरण गर्ने भनेर रोक्का गरिएको भए पनि यातायात समिति कम्पनीमा रूपान्तरित भएकाले रकम सञ्चालन गर्न दिने निर्णय गरिएको सरकारी अधिकारीको भनाइ छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने यातायात समितिको रोक्का गरिएको भवन, जग्गालगायतका सम्पत्ति पनि कम्पनीलाई खुला गर्नुपर्ने बताउनुभयो ।

मन्त्रिपरिषद्को निर्णयले खातामा रहेको रकम मात्र कम्पनीले चलाउन पाउने निर्णय गरेको छ । भवन वा जग्गाबारे कतै उल्लेख गरेको छैन ।

२०७६ साउन २० गते प्रकाशित

वि.सं.२०७६ साउन २० सोमवार १६:३८ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४८

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना...

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...