काठमार्डौं । व्यापारीले भदौ १ देखि दुधको मूल्य बढाउन सरकारसँग माग गरेका छन । लामो समयसम्म दूधको मूल्य नबढेको भन्दै दूधको मूल्य बढाउन व्यावसायीहरूले माग गरेका हुन ।
लामो समयदेखि दूधको मूल्य नबढ्दा किसान र उद्योगी दुवै मारमा परेको र यसबाट उत्पादनमा कमी हुँदा पछिल्लो समय बजारमा दूध अभाव हुन लागेको भन्दै व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन ।
उनीहरुले प्रतिलिटर १० रूपैयाँका दरले दूधको मूल्य बढाउन माग गरेको बताएका छन । दूधको मूल्य नबढाए डेरी उद्योग धरासायी बन्ने व्यवसायीहरुको भनाई छ ।
सरकारले दूधको मूल्य प्रतिलिटर १० रूपैयाँका दरले बढाउने हो भने बजारमा उपभोक्तालाई प्रतिलिट ९० देखि १ सय रूपैयाँ पर्न जान्छ । अहिले बजारका अधिकांश डेरीमा दूध प्रतिलिटर ८० देखि ९० रूपैयाँ छ ।
२०७६ साउन २० गते प्रकाशित
वि.सं.२०७६ साउन २० सोमवार १७:०१ मा प्रकाशित