back
NMB ad

सरकारले धरहरा बनाउने कम्पनीलाई किन राख्यो कालोसूचीमा ?

Kumari bank ad

काठमाडौं । भूकम्पले ध्वस्त पारेको धरहराको पुननिर्माण गरिरहेको रमण कन्स्ट्रक्सन प्रालिलाई सरकारले कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले हुलाकी सडक निर्माणमा बदमासी गरेको भन्दै कालोसूचीमा राख्ने निर्णय गरेको हो ।सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार एक सूचना प्रकाशित गरी रमण कन्स्ट्रक्सन र पप्पू कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने निर्णय गरेको जानकारी दिएको हो ।

सो कार्यालयका अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र मन्त्रालयको सडक विभाग हुलाकी सडक निर्देशनालयले कालोसूचीमा राख्न भनि गत असार २० गते यस कार्यालयलाई लेखि आएको र असार १२ र १७ गते को निर्णयहरु यथास्थितीमा राख्नु भनि सर्वोच्च अदालतले आदेश जारी गरेको थियो ।

यही साउन १५ गते गत असार २३ गते भएको अन्तरकालिन आदेशलाई निरन्तरता दिनु नपर्ने भनि सर्वोच्चले आदेश जारी गरेकाले उनीहरुलाई सार्वजनिक खरिदको जिम्मेवारी दिँदा प्रतिकुल प्रभाव पार्न सक्ने देखिएकाले उनीहरुलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।

रमण कन्स्ट्रक्सनले केही दिन पहिले मात्रै भेरी बई डाइभर्सन र मेलम्ची खानेपानी आयोजनाको समेत ठेक्का पाउने अवस्थामा छ । महत्वपूर्ण ठेक्का पाउने अवस्थामा रहेको रमण कन्स्ट्रक्सनलाई कालोसूचीमा राखिएपछि ती ठेक्का के हुने भन्ने आशंका पैदा भएको छ ।

२०७६ साउन २१ गते प्रकाशित

वि.सं.२०७६ साउन २१ मंगलवार ११:४७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...