back
NMB ad

पर्वतमा बन्जिजम्प संचालनको अन्तिम तयारीः लक्ष्यभन्दा २ करोड बढि लागत

Kumari bank ad

पर्वत । पर्वतको कुस्मा बजारबाट बाग्लुङ जिल्लाको बलेवा क्षेत्र जोडिने गरी कालीगण्डकी नदीमाथि निर्माणाधीन बन्जिजम्पको ९० प्रतिशत काम सम्पन्न भएको छ ।

बागलुङ बलेवातर्फको करिब ३० मिटर मात्रै जोड्न बाँकी रहेको निर्माणपक्षले जनाएको छ । निर्माणका क्रममा नाकाबन्दी तथा निर्माण सामग्री अभावको समस्या झेल्दै आएको बन्जिजम्पले अहिले अन्तिम रूप लिएको छ ।

निजी क्षेत्रका प्रतिष्ठित व्यवसायी तथा उद्यमीको सहकार्यमा १५ करोडको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, विविध कारणले १७ करोड रुपैयाँ पुगेको सञ्चालक राजु कार्कीले जानकारी जानकारी दिनुभयो ।

कालीगण्डकी नदीमाथि निर्माणाधीन यो बन्जिजम्पको कुल लम्बाइ ५ सय २० मिटर र उचाइ २ सय २८ मिटर रहेको छ । बन्जिजम्प निर्माणसँगै स्विङ, साइक्लिङलगायत अन्य साहसिक खेलसमेत समावेश गरिएको छ ।

एक साताभित्र पुलको काम सम्पन्न हुने निर्माणपक्षले जनाएको छ । बन्जिजम्प निर्माणसँगै पर्वतको पर्यटन व्यवसायमा टेवा पुग्ने देखिएको छ ।

२०७६ साउन २३ गते प्रकाशित

वि.सं.२०७६ साउन २३ बिहीवार १०:५१ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...