back
NMB ad

उपभोक्तालाई शुद्धीकरण गरिएको पानी वितरण

Kumari bank ad

काठमाडौं । कैलालीको टीकापुर–६ नारायणपुरस्थित खानेपानी संस्थाले बुधबारबाट शुद्धीकरण गरेको पानी वितरण शुरु गरेको छ । संस्थामा जडित फिल्टरको बुधबार परीक्षण गरिएपछि उपभोक्तालाई शुद्धीकरण गरिएको पानी वितरण गर्न शुरु गरिएको हो । प्रतिघण्टा एक लाख ४० हजार लिटर क्षमताको फिल्टर जडान भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीका प्रमुख मोहन कुँवरले जानकारी गराए । “भौतिक, रासायनिक र जैविक ट्रिटमेण्ट गरेर पानी सप्लाई गर्छौं”, कुँवरले भने , “नारायणपुर क्षेत्रको पानीमा आइरन बढी थियो आइरन घटाएर पानी सप्लाई हुन्छ ।”

नारायणपुरमा शुद्धीकरण गरेको पानी वितरण हुन थालेपछि कैलालीका पाँच ठाउँका उपभोक्ताले शुद्धीकरण गरेको पानीखान पाएका छन् । २०५७ सालमा स्थापना भएको नारायणपुर खानेपानी संस्थाले २०७३ सालबाट उपभोक्तालाई पानी वितरण गर्दै आएको छ । दुई लाख २५ हजार लिटर क्षमताको ट्याङ्कीमार्फत त्यस क्षेत्रमा खानेपानी वितरण भइरहेको छ । “टीकापुरका ६, ७ र ९ का केही वडामा पानी वितरण भइरहेको छ ।” नारायणपुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष चिरञ्जीवी खनालले भने, “अहिलेसम्म २०० घरपरिवारले मात्र धाराको पानी खाइरहेका छन् ।”

उनले खानेपानीका बारेमा उपभोक्ता सचेत नभएको गुनासो गरेका छन् । यसअघि उपभोक्ता समितिले धारा जडान गर्दा रु तीन हजार ८०० लिने गरेको भए पनि अब रु सात हजार लिने निर्णय गरेको बताइन्छ । मासिक रु १०० प्रति उपभोक्ता शुल्क लिने गरिएको छ । ५० प्रतिशत रोग खानेपानीकै कारणले लाग्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । नारायणपुरमा शुद्धीकरणसहितको पानी वितरण हुन थालेपछि उपभोक्ता हर्षित भएका छन् । आइरन बढी भएको पानी पिउन बाध्य नारायणपुरका दुई हजार परिवार बासिन्दा शुद्धीकरणबाट खानेपानी मापदण्डको पिउने पानीखानी पाउने भएका छन् । फिल्टर जडानले उपभोक्तालाई सचेत गराएको स्थानीयको भनाइ छ । (रासस)

२०७६ साउन २३ गते प्रकाशित

वि.सं.२०७६ साउन २३ बिहीवार ११:४५ मा प्रकाशित

You can share this post!

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...