युनिक नेपाल लघुवित्तको ४ करोड ४२ लाख खुद नाफा

काठमाडौं ।  कोहलपुर, बाँकेमा प्रधान कार्यालय रहेकोयुनिक नेपाल लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासमा ४ करोड ४२ लाख ७ हजार खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरी जानकारी गराएको हो ।  कम्पनीले गत आवको समिक्षा अवधिमा १० करोड ३३ लाख ३५ हजार खुद व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी तेस्रो त्रैमासको मसान्तसम्म ५ करोड ५१ लख २३ हजार रहेको थियो ।

संचालन मुनाफा ४ करोड ८२ लाख ९६ हजार रहेको कम्पनीले समिक्षा अवधिसम्म १ करोड ६७ लाख खराब कर्जा उठाएको छ । असार मसान्तसम्म कम्पनीको चुक्तापूँजी ९ करोड ५३ लाख ७० हजार रहेको छ भने जगेडा कोषमा ६ करोड ३८ लाख ६५ हजार जम्मा गरेको छ ।

कम्पनीले १ अर्ब ५२ करोड ४२ लाख निक्षेप संकलन, २ अर्ब २८ करोड ९८ लाख कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा १.४८ प्रतिशत रहेको छ ।

२०७६ साउन २३ गते प्रकाशित

२०७६ साउन २३ गते १३:२० मा प्रकाशित

You can share this post!

विद्युतीय गाडी खरिदमा “इ–अटो लोन स्किम”, नविल बैंकले ९.५९% कर्जा दिने

“सुनको उल्टो व्यपार”

Related posts