back
NMB ad

सरकारलाई जग्गाको हदबन्दी लागू गर्न सर्वोच्चको आदेश

Kumari bank ad

काठमाडौं ।  सर्वोच्च अदालतले भूमिसम्बन्धी ऐन, २०२१ मा भएको जग्गाको हदबन्दी सम्बन्धी व्यवस्था लागू गर्न ससरकारलाई आदेश दिएको छ । न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्माको संयुक्त इजलाशले विहीवार आदेश दिएको हो ।

उक्त ऐनमा तराई, हिमाल तथा पहाडी क्षेत्रमा राख्न पाइने जग्गाको परिमाण तोकिएको छ । सो व्यवस्था सरकारले लागू गर्न आनाकानी गरेको उल्लेख गर्दै अधिवक्ता माधवकुमार बस्नेतले २०६६ सालमा सर्वोच्च अदालतमा रीट निवेदन दायर गरेका थिए । रीट निवेदनको १० वर्षपछि सुनुवाइ गर्दै न्यायाधीशद्वयले कानूनमा भएको व्यवस्था लागू गर्न आदेश दिएका हुन् ।

भूमिसम्बन्धी ऐन, २०२१ को दफा ७ मा जग्गावालाको हैसियतले राख्न पाउने जग्गाको अधिकतम हदसम्बन्धी व्यवस्था छ । उक्त दफाको उपदफा (१) मा कुनै व्यक्ति वा निजको परिवारले जग्गावालाको हैसियतले नेपालमा जम्मा १० बिगाहामा नबढ्ने गरी जग्गा राख्न पाउने हदम्याद तोकिएको छ ।

सोबमोजिम कुनै पनि व्यक्ति वा निजको परिवारले भित्री मधेश तथा सम्पूर्ण तराई क्षेत्रमा १० बिगाहा, काठमाडौं उपत्यकामा २५ रोपनी र काठमाडौं उपत्यका बाहेक सम्पूर्ण पहाडी क्षेत्रमा ७० रोपनी जग्गा राख्न पाउँछन् ।

यसैगरी उपदफा (२) मा उपदफा (१) मा उल्लेख भएभन्दा केही बढी घरबारीको रूपमा राख्न पाउने उल्लेख गरिएको छ । घरबारीका रूपमा भित्री मधेशसमेत सम्पूर्ण तराई क्षेत्रमा १ बिगाहा, काठमाडौं उपत्यकामा ५ रोपनी र काठमाडौैं उपत्यका बाहेक सम्पूर्ण पहाडी क्षेत्रमा ५ रोपनीका दरले राख्न पाउने कानूनी व्यवस्था छ ।

२०७६ साउन २४ गते प्रकाशित

वि.सं.२०७६ साउन २४ शुक्रवार ०९:५३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...