back
NMB ad

४५% ले बढ्यो सिभिल लघुवित्तको खुद नाफा

Kumari bank ad

काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ मा सिभिल लघुवित्तले एक करोड ६३ लाख ८८ हजार रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा ४५.३१ प्रतिशत अर्थात ५१ लाख रुपैयाँले बढेको हो।

कम्पनीले एक वर्षमा ४ रुपैयाँ ४८ पैसाले इपिएस सुधार गरेको छ। अघिल्लो आवमा नगद लाभांश बाँडेर चुक्ता पूँजी ११ करोड ४१ लाख १४ हजारमा स्थिर राखेको यस लघुवित्तको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ३६ पैसा पुगेको छ । यस्तै लघुवित्तको जगेडा कोषमा २ करोड १२ लाख रुपैयाँ सञ्चित छ। रकमको हिसाबले थोरै भएपनि अघिल्लो आवको तुलनामा कम्पनीले जगेडा कोषमा २७२ प्रतिशत अर्थात एक करोड ५५ लाखले वृद्धि गरेको हो । अघिल्लोआवमा जगेडाकोष जम्मा ५७ लाखको थियो।

प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ६३ पैसा, निष्क्रिय कर्जा अनुपात १.३४ प्रतिशत र मूल्य आम्दानी अनुपात ३८.६५ गुणा रहेको यस लघुवित्तकोले असार मसान्तसम्ममा २७ करोड १० लाख निक्षेप संकलन गरेको छ ।

साथै बैंक तथा वित्तीय संस्थाहरुबाट ६१ करोड ४८ लाख सापटी लिएर एक अर्ब २ करोड १५ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ। यस अवधिमा लघुवित्तले करिब ४० प्रतिशतले खुद ब्याज आम्दानी बढाएर ६ करोड ४६ लाख आर्जन गरेको छ ।

२०७६ साउन २४ गते प्रकाशित

वि.सं.२०७६ साउन २४ शुक्रवार ११:१५ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...