काठमाडौं । ओम डेभलपमेन्ट बैंकले आउदो सोमबार (साउन २७ गते) वार्षिक साधारण सभा डाकेको छ । बैंकले एनएमबि बैंकसँग मर्जरमा जाने विशेष प्रस्ताव पेश, सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको सेयर स्वाप रेसियो पारित प्रस्ताव पेश गर्नेछ ।
एनएमबि र ओम १००ः७६ सेयर स्वाप रेसियोमा मर्ज गर्दैछन । साधारण सभा होटल पोखरा ग्रान्ड, घरीपाटन पोखरामा बिहान ९ बजे सुरु हुनेछ ।
केन्द्रीय बैंकले असार ८ गते पत्र पठाएर सैद्धान्तिक सहमति दिएको थियो । ओम र एनएमबिले जेठ २ गते मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
मर्जरपछि एनएमबि बैंकको नामबाट कारोबार हुनेछ । मर्जर प्रक्रियामा रहेका कारण हाल यी दुवै बैंकको सेयर कारोबार रोक्का छ ।
२०७६ साउन २४ गते प्रकाशित
वि.सं.२०७६ साउन २४ शुक्रवार ११:२४ मा प्रकाशित