गौँदी र दरमखोलाको दोभानमा एक युवाको शव भेटियो

बागलुुङ ।  बागलुुङको गलकोट नगरपालिका–३ गौँदी खोला र दरमखोलाको दोेभानमा एक युवाको शव फेला परेको छ ।
खोलाले गौँदीखोलाको किनारमा शव किनारा लगाएकोे प्रत्यक्षदर्शीले बताउँछन् ।

शुक्रबार बिहान खोलाले मान्छे बगाइरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलकोट नगरपालिका–७ मल्म सिरबारेका ३८ वर्षका गोपाल परियारको भएको प्रहरी चौकी हटियाका प्रमुख शिव प्रसाद पाठकले बताए ।

खोलाले परियारलाई कुन ठाउँदेखि बगाएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७६ साउन २४ गते प्रकाशित

२०७६ साउन २४ गते ११:५० मा प्रकाशित

You can share this post!

गोंगबु नयाँबसपार्क भित्र यस्तो रुवाबासी

नौ लाख घुस सहित पक्राउ परे सडक डिभिजन प्रमुख

Related posts