काठमाडौं । प्रत्येक दिन नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्य शुक्रबार भने यथावत रहेको छ । बिहीबार सुन प्रतितोला ७० हजार रुपैयाँ पुगेको थियो । जुन अहिलेसम्मकै सबैभन्दा बढी मूल्य हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारकै दरमा सुनको कारोबार भईरहको छ । पछिल्लो समय सुनको मूल्यले लगातार बढीरहेको छ ।
अघिल्लो शुक्रबारदेखि उकालो लागेको सुनको मूल्यले बिहीबारसम्म रोकिएको थिएन । अव सुनको मुल्य यही कायम रहन्छ कि घटवढ हुन्छ भन्ने सवैमा जिज्ञसाको विषय बनेकोे छ ।
२०७६ साउन २४ गते प्रकाशित
वि.सं.२०७६ साउन २४ शुक्रवार १३:१२ मा प्रकाशित