back
NMB ad

बागलुङको तमानखोलाका पहिरो पिडितलाई १ लाख ४८ हजार राहत

Kumari bank ad

बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–४ का पहिरो पिडितहरुलाई १ लाख ४८ हजार नगद सहित अन्यसामाग्री वितरण गरिएको छ ।

ढोरपाटन नगरपालिका–१ र तमानखोला गाउँपालिकामा समाजसेवी, बुद्धिजिवीहरु, पत्रकारहरुको विशेष सक्रियतामा संकलन गरिएको उक्त राहत वितरण गरिएको हो । जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, समाजसेवी, बुद्धिजिवी तथा पत्रकारहरुको रोहबरमा वितरण गरिएको थियो ।

अभियानबाट संकलित १ लाख ४८ हजार राहत रकम सहित खाद्यन्न, लत्ता कपडा, भाडाँकुडा लगायतका अन्य सामाग्री पीडित परिवारलाई शुक्रवार हस्तान्तरण गरिएको छ । पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई जनही २४ हजार ४ सय ५५ रुपैयाँका दरले ३ घर परिवारलाई ७३ हजार ३ सय ६५ रुपैयाँ, गम्भीर घाइते ३ जनाका परिवारलाई १२ हजार २ सय २५ का दरले ३६ हजार ६ सय ७५ रुपैयाँ र पहिरो प्रभावित ५ परिवारका सामान्य घाईते भएका ४ जनालाई जनही ९ हजार ४५ का दरले ३६ हजार १ सय ८० रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको थियो ।

यस्तै राहत संकलन अभियानकै क्रममा संकलित चामल, दाल, नुन,तेल लगायत आड्ने बलाङकेट तथा लत्ता कपडा वितरण गरिएको राहत संकलन अभियान्ता एवंम पत्रकार योगेन्द्र विश्वकर्माका जानकारी दिनुभयो ।

गत १९ गते आईतबार राती सन्तरमा अविरल वर्षासंगै गाउँ माथिबाट आएको भिषण पहिरोमा परी तीन जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए ।

२०७६ साउन २५ गते प्रकाशित

वि.सं.२०७६ साउन २५ शनिवार १२:३९ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...