back
NMB ad

एक वर्षमा कमाए १३ वाणिज्य बैंकले २९ अर्ब ७५ करोड नाफा

Kumari bank ad

काठमाडौं ।  गत आर्थिक वर्षमा १३ वटा वाणिज्य बैंकले २९ अर्ब ७५ करोड ३३ लाख ४४ हजार रुपैयाँ नाफा आर्जन गरेका छन । आर्थिक वर्ष २०७४/७५ को तुलनामा २०७५/७६ मा २३.०८ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासमा १३ वटा बैंकको नाफना २४ अर्ब १७ करोड २३ लाख १६ रुपैयाँ नाफा रहेको छ ।
शुक्रबारसम्म अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्ने १३ वाणिज्य बैंकमध्ये प्रभु बैंकको नाफा वृद्धि सबैभन्दा बढी देखिन्छ । अघिल्लो आवको तुलनामा बैंकको नाफा ११२.०४ प्रतिशतले बढेको छ । बैंकले गत आवको चौथो त्रैमाससम्ममा २ अर्ब ५ करोड ५ लाख ६४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस्तै बैंक अफ काठमाण्डूको ४६.७० प्रतिशत, माछापुच्छ्रे बैंकको ३६.३२ प्रतिशत रहेको छ । यता यो अवधिमा नेपाल बैंकको नाफा भने गिरावट देखिएको छ । बैंकको नाफा १८.७७ प्रतिशत घटेको छ । आव २०७४/७५ मा ३ अर्ब २१ करोड ५६ लाख ८१ हजार रुपैयाँ रहेको बैंकको गत आवको सोहि अवधिमा आईपुग्दा २ अर्ब ६१ करोड १९ लाख ८० रुपैयाँ मात्र रहेको छ ।

नाफालाई प्रतिशतमा हेर्दा प्रभु बैंक अगाडी रहेपनि रकमको आधारमा हेर्दा कृषि विकास बैंक अग्रस्थानमा रहेको छ । कृषि विकास बैंकले गत आवको चौथो त्रैमास सम्ममा ४ अर्ब ३५ करोड ३२ लाख ४७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस्तै कारोबार रकमको आधारमा सबै भन्दा कम भने कुमारी बैंक रहेको छ । कुमारी बैंकको नाफा १ अर्ब ३३ करोड ४० लाख ४६ हजार रुपैयाँ रहेको छ ।

२०७६ साउन २५ गते प्रकाशित

वि.सं.२०७६ साउन २५ शनिवार १३:२२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...