back
NMB ad

बेहाल शाैचालयबाटै महानगरकाे ९० लाख कमाइ

Kumari bank ad

काठमाडौँ । राजधानी काठमाडौँमा रहेका अनेकौँ समस्यामध्ये एउटा जटिल समस्या हो शौचालयको । काठमाडौँमा कतै जानु परे अपर्याप्त र अव्यवस्थित सार्वजनिक शौचालयका कारण धेरैले समस्या भोग्नुपरेको छ । तर समस्या छ भन्ने जान्दा जान्दै पनि काठमाडौँ महानगरपालिका भने कहिले योजन त कहिले कार्य्निर्दे्शिकाको बहाना गर्दै टार्दै आइरहेको छ ।

काठमाडौँ उपत्यकाको मुटुमा रहेको खुलामञ्चअगाडिकोे सार्वजनिक शौचालयको हालत खराब छ । काठमाडौँमा यस्ता ४५ वटा सार्वजनिक शौचालयहरु छन् । तर प्राय शौचालयहरु प्रयोग गर्न नमिल्ने अवस्थामा छन् ।

खुलामञ्च अगाडीका यो शौचालय काठमाडौँ महानगरपालिकाले शहरी सेवा समाजलाई ५ वर्षको लागि लिजमा दिएको छ । काठमाडौँ महानगरपलिकालाई शहरी सेवा समाजले वार्षिकरुपमा सम्झौताअनुसार पैसा बुझाउछ । तर उसले कति कमाउछ त्यसको कुनै लेखाजोखा छैन । र त्यसले कुनै राजस्व पनि तिर्नु पदैन । टेन्डर मार्फत जस्ले धेरै रकमको बोलक महानगरपालिकालाई दिन्छ सार्वजनिक सौचालय उसैलाई लिजमा दिने गरिएको छ ।

यो कम्पनीले मात्र होइन लिजमा लिने प्राय कम्पनीले सम्झौताको पालन गरेका छैनन् । सम्झौतामा सौचालय सफा राख्नु पर्ने उल्लेख छ तर सौचालय निकै फोहर र दुर्ग्न्धित छन् । त्यहाँ समयमा सफा गरिदैन र समयमा पानी हालिदैन । महानगरपालिकाका प्रवक्ता यसलाई संकोच नै नमानी ‘हो फोहोर छ’ भन्नुहुन्छ ।

काठमाडौँ महानगरपालिकाले लिजमा दिइएका शौचालयहरुबाट बार्षिक ९० लाख रुपैयाँ पाउछ । जुन पैसा शौचालयका लागि नै खर्च गर्ने गरेको महानगरपालिकाले जनाएको छ । तर उपत्यकाका शौचालयहरु सौच गर्न जान पनि नसकिने फोहोर र दुर्गन्धित छन् ।

संरक्षण र निगरानी गर्ने निकाय काठमाडौँ महानगरपालिकाको लापरवाही र बेवास्ताका कारण उपत्यकाका सार्वजनिक शौचालयहारुमा बेतिथि मौलाएको छ ।

२०७६ साउन २५ गते प्रकाशित

वि.सं.२०७६ साउन २५ शनिवार १७:०१ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...