back
NMB ad

एक वर्षमा मुलुकभर ५ खर्ब ३ अर्ब रुपैयाँ नोट चलनचल्तीमा

Kumari bank ad

काठमाडौं । मुलुकभर ५ खर्ब ३ अर्ब २५ करोड रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेका छन । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालमा कागजी मुद्राको प्रचलन भएदेखि २०७६ असार मसान्तसम्म आइपुग्दा ५ खर्ब ७ अर्ब ६ करोड रुपैयाँ भन्दा बढी परिणामको नोट बजारमा पठाइसकिएको छ ।

त्यस्तै गत असार मसान्तसम्ममा ३ अर्ब ८० करोड ९८ लाख रुपैयाँ भन्दा बढी रुपैयाँ बैंकिङ अफिसमा नोट मौज्दात रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ । जम्मा इक्विटी तथा दायित्व ५ खर्ब ६७ अर्ब ५४ करोड ६९ लाख रुपैयाँ रहेको छ ।
आर्थिक गतिविधिको विस्तारसँगै मुद्राको चलनचल्ती बढ्दै गएको र अर्थतन्त्रको मौद्रिकीकरणमा सुधार भइरहेकाले मुद्राको सहज आपूर्ति गर्दै आएको केन्द्रीय बैंकको भनाई छ ।

मुलुकभर नेपाली नोटको सहज व्यवस्था गर्न कम्तीमा ३ वर्ष ३ महिनाका लागि धान्ने नोट स्टक राख्ने नीतिगत व्यवस्था छ । नेपालमा वि.सं २००२ असोजबाट कागजी नोटको प्रचलन सदरमुलुकी खानाबाट सुरु भएको हो ।

नोट छाप्दा देशको आर्थिक वृद्धिदर, मुद्रास्फितिको दर, बजेटको आकार, सर्कुलेसन ट्रेण्ड, विनिमय दरको अवस्था, डिजिटल पेमेन्टको अवस्था, विप्रेषणको प्रवाह, भुक्तानी सन्तुलन लगायत मापदण्डलाई हेर्ने गरिन्छ ।

२०७६ साउन २६ गते प्रकाशित

वि.सं.२०७६ साउन २६ आइतवार ०८:२९ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...